कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो भएको छ । चैते धान खेती काट्नलाई तयार भएकाले किसानलाई धान भित्र्याउन चटारो भएको हो ।
गर्भवती महिलाले समय पुगेपछि संस्थागत रूपमा सुत्केरी गराउने महिलाहरूलाई पौष्टिक तत्त्वयुक्त खानेकुरा उपहारका रूपमा प्रदान गरिएको छ ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवि सहितका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ।
नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो ।
रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका –१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सब-स्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सब-स्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
ताप्लेजुङमा बाढीपहिरोले मोटरेवल पुल, घरलगायतका संरचनामा क्षति पुर्याएको छ । जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा बिहीबार राति गएको बाढीपहिरोले क्षति पुर्याएको हो ।
इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् ।
तनहुँको एक पालिकाका कर्मचारीले आफ्नो तलबको रकमबाट अस्पतालको लागि उपकरण खरिद गर्न सहयोग गर्ने निर्णय गरेका छन् । आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीको पारिश्रमिकबाट आबुँखैरेनी अस्पतालको लागि थाइराइड परीक्षण मेसिन खरिद गर्न लागिएको हो ।
सांसद् दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसँगको व्यापार घाटाका विषयमा छलफल नभएकाेमा चिन्ता व्यक्त गर्नुभएको छ ।
स्याङ्जा जिल्लाभरि पशु चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । एघार वटा स्थानीय तह रहेको स्याङ्जाका सबै पालिकाहरूमा यो रोगका सङ्क्रमण फैलिएको हो ।
हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ ।