प्रदेश तथा स्थानीय सरकारको खर्च क्षमता बढेसँगै ससर्त अनुदानको हिस्सा क्रमशः घटाउँदै लैजान आवश्यक रहेको विश्व बैङ्कको अध्ययनले देखाएको छ । बैङ्कले बिहीबार सार्वजनिक गरेको पहिलो वार्षिक नेपाल वित्तीय सङ्घीयता प्रतिवेदनले ठुलो मात्रामा छुट्याइने ससर्त अनुदान निर्धारित कामका लागि मात्र खर्च गर्न पाइने भएकाले खर्च क्षमता बढेसँगै त्यसलाई घटाउँदै समपूरकलगायत अन्य अनुदानको हिस्सा बढाउँदै लैजान आवश्यक रहेको उल्लेख गरेको हो ।
वि.सं. २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
बर्दिबास–९, पशुपतिनगरका सात जनाले वैदेशिक रोजगारीमा खाडी मुलुक जानका लागि रौतहटका एक एजेन्टलाई राहदानीसहित ३० लाख रुपियाँ जिम्मा लगाए। सुरुमा अनेकन प्रलोभन देखाएका एजेन्टले पैसा हात पारेपछि खाडी मुलुक पठाइदिन आजभोलि गर्दागर्दै समय टार्दै गए। अहिले एजेन्ट नै सम्पर्कविहीन भएका छन्।
दोलखामा गठित कबुलियती वन समूहमा आबद्ध गरिब किसानले हैसियत बिग्रेका वन व्यवस्थापन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । यस जिल्लाका नौ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा रहेको कबुलियती वन समूहका (डिभिजनका १६४ र गौरीशङ्कर संरक्षणका २१) १८५ समूहले राम्रो आम्दानी गर्न सफल भएको डिभिजन वन कार्यालय प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।
बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवामा नियुक्ति पाएका कर्मचारीको प्रदेशमा नै वैयक्तिक विवरणसहितको अभिलेख राख्न सुरु गरिएको छ । प्रदेश प्रादेशिक स्तरमा कर्मचारीको वैयक्तिक विवरण राख्ने प्रादेशिक वैयक्तिक विवरण प्रणाली (पिआइएस) पोर्टल राष्ट्रिय किताबखाना (निजामती) ले प्रादेशिक पिआइएस पोर्टलले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै बुधबारदेखि प्रदेशमा नै अभिलेख राख्न सुरु गरिएको हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छ । ल्याइने बजेटमा सरकारले सञ्चालन गर्ने कार्यक्रम र योजनाको सीमा निर्धारण र चालुतर्फको फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाउने जनाएको छ । सङ्घीय सरकारले प्रदान गर्दै आएको अनुदानसँगै प्रदेशको राजस्व सङ्कलनमा कमी आएका कारण आगामी आवमा बजेटको आकार तुलनात्मक रूपमा घट्ने अनुमान गरिएको छ ।
साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि यस्तो प्रतिबन्ध लगाइएको हो । यो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकलाई खुला ठाउँको काममा लगाउन पाइँदैन ।
नेपालमा राजकीय संस्कृत महाविद्यालयमार्फत संस्कृतमा उच्च शिक्षाको औपचारिक सुरुवात विसं २००९ मा भए पनि विसं २०४३ सालदेखि मात्र संस्कृत विश्वविद्यालयले संस्थागत आकार लिन सक्यो । २०४३ मा ऐन बनी स्थापित महेन्द्र संस्कृत विश्वविद्यालयको नाम फेरेर नेपाल संस्कृत विश्वविद्यालय बनाइयो । यो विश्वविद्यालयले बुधबार बल्ल पाँचौँ दीक्षान्त समारोह सम्पन्न गर्न सक्यो । संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण
समाज गतिशील छ । समाजको परिवर्तन कानुनभन्दा छिटो हुन्छ । कानुनको परिमार्जन तथा संशोधन पनि समाजको माग र चाहना अनुरूप गर्दै जानु पर्दछ । अहिलेको परिपे्रक्ष्यमा निर्वाचन प्रणालीमा सुधार गरिनु पर्छ भनी आमनागरिक, बुद्धिजीवी, सञ्चार माध्यम जताततैबाट आवाज उठ्न थालेका छन् । निर्वाचन प्रणालीमा सुधार गर्ने विषय व्यापक छ, त्यसका लागि संविधानमा संशोधन एवं सुधार, निर्वाचन कानुनमा संशोधन तथा सुधार, प्रक्रियागत एवं व्यवस्थापकीय सुधार र राजनीतिक संस्कारको आवश्यकता पर्छ ।
पाँचथरको फिदिमदेखि रानिटार लुङरुपा सन्दकपुर सडक अन्तरगत रानिटारको फ्याक्तिन खण्डको ग्याबिन वाल निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।
नेपालमा हरेक वर्षायाममा बाढीपहिरोका कारण लाखौँ मानिस प्रभावित भइरहेका छन् । प्रभावित हुनेमा पनि हजारौँको सङ्ख्या अति प्रभावित र विस्थापितै हुने गरेको तथ्याङ्क छ । पर्याप्त पूर्वतयारी नगर्दा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या पनि डरलाग्दो छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमी अवस्थाको प्रक्षेपण गरेर बाढी तथा भारी वर्षा हुने स्थानको अनुमान गर्दा पनि उक्त वर्षाबाट सुरक्षित रहन सरकारी र नागरिक पक्षबाट भएको तयारी पुग्दो छैन । कतै जानी जानी जोखिमपूर्ण ठाउँमा बसोबास गर्ने त कतै बाध्यतात्मक अवस्थाले जोखिमपूर्ण अवस्थामा बसेको पाइन्छ ।
हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको डीमन–बेनौलीमा पर्ने पुलको निर्माण सुरु भएको एक दसक हुन लाग्यो तर पुल निर्माणको कार्य अझै पुरा हुन सकेको छैन। नियामक निकायसँगको मिलोमतोमा निर्माण कम्पनीको लापरबाहीका कारण हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि बन्न सकेको छैन ।
संस्कृति नियमबद्ध, समयबद्ध र प्रतिबद्ध व्यवहारको समष्टि हो, जसले मानव व्यवहारलाई निर्देशित गर्छ । सिक्ने सिकाउने प्रवृत्ति रहने हुँदा नियमप्रतिको प्रतिबद्धताले नै संस्कृति जीवित रहन्छ । पुर्खाद्वारा आफ्नो ज्ञान र क्षमताबाट सिर्जित जीवन शैली समग्रमा संस्कृति हो । परापूर्वकालदेखि अठार मगरातका मगर समुदायले मनाउँदै आएको प्रमुख चाड हो – बलपूजा अर्थात् भुमेपूजा । मगर जातिले आफू बसेको भूमिको पूजा गर्नाले मातृभूमिप्रति श्रद्धा र आदर बढ्ने बताइन्छ ।
बत्तिसपुतलीस्थित शिल्पी थिएटर नाटक ‘ट्रान्जिट’ मञ्चन हुने भएको छ । घिमिरे युवराजद्वारा लिखित नाटक ‘विमोक्ष’ को अन्तिम मञ्चनपश्चात अब ‘ट्रान्जिट’ मञ्चनको तयारीमा रहेको शिल्पी थिएटरले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो । नाटकका लेखक कुमार नगरकोटी हुनुहुन्छ । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ । दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराजको अभिनय रहने नाटकमा अभिनेत्री शिल्पा मास्केले पनि डेब्यु गर्दै हुनुहुन्छ ।