नहुँका किसानलाई बाँदर धपाउन बन्दुक र कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायिकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको छ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गर्नुभएको छ ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन निर्माण गरिनेभएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्नेक्रममा यस क्षेत्रमा जिपलाइन निर्माण गर्न लागिएको हो ।
सरकारले वर्षयामा देखिने स्वास्थ्य समस्याबाट बच्न पानी उमालेर मात्र पिउन आग्रह गरेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बिहीबार बसेको प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको हो ।
हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन।
मधेश प्रदेश सभामा प्रदेशका आर्थिक सामाजिक अवस्थाको वास्तविक चित्रणसहित मधेश सरकारले पहिलो आर्थिक सर्वेक्षण पेस गरेको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ। बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको हो।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । स्थापना भएको ६ वर्षपछि प्रतिष्ठानले बि.एस.सी. नर्सिङ र बि.एन.एस. कक्षामा भर्ना भएका विद्यार्थीहरूलाई पठनपाठन सुरु गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो ।
पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सदरमुकाम फुङ्लिङस्थित इन्द्रेणी ब्याडमिन्टन हलमा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको हो ।
आइसिसी एक दिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ ।
केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलवस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्।