बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ।
कैलाली प्रहरीले ठगीको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका –४ का वडा अध्यक्ष कृष्णसिंह धामीलाई पक्राउ गरेको छ । कैलालीका टेक कुँवरको उजुरीको आधारमा प्रहरीले गोदावरी नगरपालिकाको अत्तरियाबाट धामीलाई पक्राउ गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमितता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाउनुभएको छ ।
गत केही समययता बाँके जिल्लामा अत्यधिक गर्मीका कारण सर्पदंशका घटनाहरू पनि उल्लेख्य सङ्ख्यामा बढेका छन् । गर्मीका कारण दुलो भित्रका सर्पहरू बाहिर निस्कन थालेकोले सर्वसाधारणलाई टोक्ने घटना बढेकोले यहाँस्थित भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ । कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायालयले मार्ग प्रशस्त गरिइदिनुपर्नेमा जोड दिनुभएको छ ।
बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि त्रिपक्षीय सम्झौता भएको छ । पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि अस्पताल प्रशासन, खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेबीच त्रिपक्षीय समझदारी भएको हो ।
विद्युतीय पोलमा प्रवाह हुने करेन्टले लुम्बिनी क्षेत्रमा पाइने विश्वकै दुर्लभ पन्क्षी सारसको अस्तित्व सङ्कटमा पर्न थालेको छ । बृहत् लुम्बिनी क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर संवेदनशील सारस क्रेनको मृत्यु भइरहेको तथ्य बाहिर आएसँगै अस्तित्व नै सङ्कटमा परेको हो ।
नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई मुख्य सचिवको पदमा नियुक्त गरेको हो ।
सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करणको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
अर्जुनचौपारी गाउँपालिकामा दरौखोलामा तीन महिनामा ट्रस पुल निर्माण भएको छ । देशभर काम थालनी भएको लामो समयसम्म योजना सम्पन्न नभईरहदाँ सम्झौता अवधिको पाँच महिनामा बाँकी रहँदै स्थानीय उपभोक्ताले निर्माण ट्रस पुल गरेका हुन् ।
सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या भएको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बेंगलाेर असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा बिहीबार (आज साँझ) मैत्रीपूर्ण खेल खेल्दैछ ।
मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाले विभिन्न सात जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले र चितवन शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट यही शुक्रबार असार १ गते ल्याइने भएको छ । बागमती प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १ गते शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बजेट प्रस्तुत गर्ने गरी कार्यसूची तय गरेको छ ।