दर्शनवीर शाक्यद्वारा निर्देशित नेपाल भाषाको सर्ट फिल्म इन्द्रायणी स्पाइनि व्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच अङ्कले उकालो लागेर दुई हजार ४२ दशमलव शून्य सातमा पुगेको छ ।
एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिकाको राजकीय भ्रमणबाट भारत–अमेरिका सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने एक कूटनीतिज्ञले बताएका छन् ।
काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सञ्चालित कलेज एक्स्पो बन्द गराएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गए राति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सूचना प्रविधिको विकासले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ।
सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्षा गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित रूपमा नभएको गुनासो गर्नुभयो ।
एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज (बिहीबार) हुने भनिएको नेपाल र भारत ‘ए’ बीचको खेलमा वर्षाका कारण रद्द भएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण आज प्रदेश सभामा प्रस्तुत हुँदैछ।
केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नष्ट भएको छ । तापक्रम बढेसँगै फूल पुल्दै गरेका र फल लागेका ड्रायगन फ्रुट बोटमै कुहिएका छन् ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताउनुभएको छ। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताको गृह जिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरू कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गर्नुभएको छ ।
कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् ।