सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दावासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धुप बनाउने सम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्थायी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा बिदेसीरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ ।
पोखराको आकाशमा १३ दिनदेखि प्याराग्लाइडिङ देखिएका छैनन् । पछिल्लो क्रममा दैनिक सरदर डेढ सय उडान हुने गरेका थिए । प्याराग्लाइडिङ व्यवसायीबिच विवाद हुँदा उडान ठप्प भएको हो ।
प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमानदार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना ।
काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका(१ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुत्नु भएका ८२ वर्षका पूर्व वडा अध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ ।
छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुनुहुन्छ जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल हुनुभएको छ । उहाँ मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
कालिकोटमा ६० हजार जनाभन्दा बढी नागरिकलाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका नागरिकलाई पुस १२ देखि १४ र १६ देखि १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । सडकको स्तरोन्नतीसँगै कालोपत्रे गर्नु पर्ने भएकाले एक महिनाका लागि दैनिक आठ घण्टा सडक बन्द गरिएको कटारीस्थित योजना
पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङमा गए राति १ बजेतिर कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ । प्रस्याङको सिद्धार्थ बैङ्कअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ८७ लाख राजस्व सङ्कलन भएको छ । चालु गत आर्थिक वर्ष २०७९।०८० र चालु आर्थिक वर्ष २०८० र ०८१ को पाँच महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सत्र महिनामा उक्त रकम सङ्कलन गरेको हो ।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने भएको छ ।सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने छ । सोही क्रममा मरिण