बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारी गर्दै गर्दा बागमती प्रदेश सभाको बैठक यही बिहीबार बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
भाइबहिनीहरू, हामी विद्यार्थी, सिक्ने, खेल्ने, रमाउने बेला । र हामी आजका विद्यार्थी कस्ता छौँ, के बन्ने, कस्तो बन्ने र त्यसका लागि के के सिक्ने त ? यो हाम्रा लागि जान्नैपर्ने विषय हो । यससँगै परिवार, समाजभित्र रहेका र हामीले जान्नैपर्ने मध्ये कला–संस्कृति, अनुशासन र कर्तव्य पनि हो । कक्षामा शिक्षकले सहजीकरण गरिरहँदा सिकाइमा ध्यान दिनुपर्दछ । शिक्षकको सहयोगमा सिर्जनशील बन्नुपर्दछ । प्रत्येक दिन उपलब्धिमूलक गृह तथा कक्षा कार्यहरू मात्र गर्नुपर्दछ । परी
भाइबहिनीहरू, गुरु भनेको ज्ञानको अखण्ड ज्योति हो । यस गुरुपूर्णिमाको महत्व र महिमासँगै आफूलाई जन्म दिने मातापिता पनि पहिलो गुरु हो । त्यसर्थ पौराणिक ग्रन्थमा पनि ब्रह्मा, विष्णु र महेश्वरलाई गुरुको स्वरूप मानिएको उल्लेख भएको छ । जसले विद्या, विनय र शिष्टता सिकाइरहेको हुन्छ भने त्यसलाई नै आदर्श जीवनको मूल्य दायित्व बहन गर्न सक्ने असल गुरु मानिन्छ । असल गुरुको चेला नै शिक्षित र कल्याणकारी व्यक्तित्व बन्न सक्छ । त्यसकारण भाइबहिनीहरू गुरुपूर्णिमाको महत्वला
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
सर्वोच्च अदालतले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको यो निर्णयसँगै बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि मार्ग प्रशस्त भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार उक्त रिट निवेदन खारेज गरेको हो। खारेजी फैसलाको पूर्ण पाठ आउन बाँकी छ। वातावरण अभियन्ता देवनारायण मण्डलले चुरेको वन क्षेत्रमा निर्माण हुन लागेको मेडिकल कलेज सञ्चालन गर्ने निर्णय खारेजीको मागसहित २०७८ माघ ३ गते रिट निवेदन दायर गर्नुभएको थियो। चुरेको वन मासेर संरचना निर्माण गर्न नहुने भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरिएको थियो।
पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समूहलाई कोशी प्रदेश सरकारले वार्तामा आउन पत्राचार गरेको छ। प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता तथा संवाद गर्न गठन गरेको वार्ता समितिको सोमबार अपराह्न बसेको बैठकले प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाउने निर्णय गरेको हो।
नागरिक लगानी कोषले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा स्थापना गरेको छ। कोषले कर्णाली प्रदेशका सेवाग्राहीलाई लक्षित गरेर शाखा स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सोमबार शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरी समृद्ध कर्णाली निर्माणको अभियानमा हातेमालो गर्न कोषलाई आग्रह गर्नुभयो। कोषले सर्वसाधारण एवं विभिन्न सङ्गठित सङ्घ संस्थामा कार्यरत कर्मचारी कामदार तथा संस्थाबाट बचत सङ्कलन गरी बचत लगानी प्रबन्ध गर्दै आएको छ। कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्णाली प्रदेश सरकार र स्थानीय सरकारले राम्रो प्रतिफलयुक्त योजना ल्याए लगानी गर्न तयार रहेको बताउनुभयो।
राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको खौला–सल्ले सडकखण्डको साँख खोलामा सडक पुगेको २१ वर्षपछि पक्की पुल निर्माण गरिएको छ। जिल्लाको सबैभन्दा पुरानो यस सडकखण्डको मुसीकोट नगरपालिका–४ र ११ जोड्ने पुल निर्माण गरिएको हो। स्थानीय लोकबहादुर केसीले पक्की पुल निर्माण भएपछि स्थानीयलाई सजिलो भएको बताउनुभयो। दुई दशकपछि सडकले पक्की पुल पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। अब यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सजिलो हुने केसीको भनाइ छ। एक स्पान, ३५ मिटर लम्बाइ र ११
बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको यो गाउँपालिकाको सबै वडामा सधैँ खाद्यान्नको अभाव हुने गर्छ। साउन भदौमा बाढीपहिरो तथा चैत–वैशाखमा पर्ने असिना पानीले यहाँका किसानले लगाएको खेती सखाप पार्ने गरेपछि यो ठाउँमा खाद्यान्न अभाव हुने गरेको छ। यो अवस्थाको अन्त्य गर्न विगतका केही वर्षयता पालिकाले खाद्य सुरक्षासँग वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
अहिले पोखराको तापक्रमले ३६ डिग्री सेल्सियसको रेकर्ड बनाएको छ। सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो। ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो। पोखरेलीलाई गर्मीले हैरानी बनाउँदा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ।