पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका –१ को लाली गाउँकी मनिषा विक कर्णाली नदीमा माछा मारेर घर चलाउनुहुन्छ। आम्दानीको अन्य श्रोत नभएपछि कर्णाली नदीमा उहाँ दैनिक जाल हाल्न पुग्नुहुन्छ।
गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको दुई दिन उडान हुने भएको छ । विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले मात्रै हप्तामा एक दिन शुक्रबार उडान गर्दै आएको थियो ।
सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्यो ।
सत्ता गठबन्धन दलका नेताहरूले आज (मङ्गलबार) समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आज (मङ्गलबार) देखि काठमाडौं जिल्ला अदालतमा बहस सुरु भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ।
कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ ।
तातो हावा लू र अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि बाँकेका अधिकांश पालिकाले एक साता विद्यालयमा बिदा गरेका थिए।
सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ ।
सुनकोशी गाउँपालिका ओखलढुङ्गाका अध्यक्ष कमल तामाङले आफूले पाउने एक वर्षको तलब सुविधा विद्यालयलाई दिनुभएको छ । कानुन अनुसार गाउँपालिका अध्यक्षले प्राप्त गर्ने तलब सुविधा बापतको रकम गाउँपालिकाका चार वटा सामुदायिक विद्यालयलाई दिने घोषणा गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयताप्रति जनताको भरोसा जगाउन प्रदेश र स्थानीय सरकारले अझ बढी जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ । लामो समयसम्म पानी नपरेपछि पानी पार्न भन्दै कावासोती -९ को समावेशी चोक र बगैँचा चोकको बीचमा सामूहिक पूजापाठ गरिएको छ ।