सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । यही पुस १६ गतेदेखि राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको हो । सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।
श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण गरी नदी नियन्त्रण गरिने भएको छ।
आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ ।
विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ ।
कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
रेसुङ्गा नगरपालिका–१३ स्थानीयहरूको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ । बारीमा लगाएको अन्नबाली घरमा ल्याएर राखेपनि घरभित्रै पसेर बाँदरले खाइदिने गरेपछि उनीहरूको दैनिकी नै बाँदर धपाउने बनेको हो ।
“मेरो संसद् प्रवेशको एक वर्षे कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन”, सांसद शान्ति श्रेष्ठले भन्नुभयो, “आफैँले आफैँलाई समीक्षा गर्नुपर्दा मेरो संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ ।”
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँले निर्माण गरेको बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आज तनहुँ आउनुहुने भएको छ ।
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–३ निवासी ७१ वर्षीय चन्द्रबहादुर तमाङलाई मोतीबिन्दुको शल्यक्रिया गरी उपचार गरेपछि नयाँ जीवन पाएसरह भएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित रेडक्रस आँखा
प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यले बागमती नदीको सिक्रोदोभानमा पुल निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालले जोड्न