ताप्लेजुङका किसानले रैथाने बाली फापर खेती लगाउन छोडेका छन् । पछिल्लो समय फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा फापर नै लोप हुने अवस्थामा पुगेको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा बालविवाह बढ्दो छ । बारेकोट गाउँपालिकाभरि बालविवाह हुने गरेको पाइएको छ । कोही भागेर त कसैको अभिभावककै सहमतिमा बालविवाह हुने गरेको छ । यहाँ बालविवाह रोकथामका लागि सचेतीकरणका कार्यक्रम नभएका कारण पनि बालविवाह बढेको देखिन्छ ।
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हँुदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेसँगै रैथाने बालीको खरिद सङ्कलनले तीव्रता पाएको छ ।
लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले जितेको छ ।
डेढ अर्बभन्दा बढी रुपियाँ विद्युत् महसुल नबुझाएपछि घोराही सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरणलाई एक अर्ब ५३ करोड एक लाख ६१ हजारभन्दा बढी रुपियाँ विद्युत् महसुल नबुझाएपछि घोराही सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको हो । सो उद्योगले नियमित तिर्नुपर्ने विद्युत्को महसुल तिरेको थिएन । आफूले डेडिकेटेड लाइन प्रयोग गरिरहेको बहाना गर्दै विद्युत् प्राधिकरणलाई विद्युत् महसुल तिर्न उद्योगले अटेर गर्दै आएको थियो । विद्युत् प्राधिकरणले डेडिकेटेड विद्युत् लाइन अन्तर्गत उद्योगलाई विशेष विद्युत् लाइनको व्यवस्था गरेको छ ।
गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । यहाँको वडा नम्बर– १०, ११ र १२ मा रहेका तीन वटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।
पोखरा महानगरपालिका–६, लेकसाइडलाई खुला तारमुक्त बनाइँदै छ। स्ट्रेट नम्बर १५ देखि १७ सम्मका सडक र ठाडो पसल क्षेत्रमा भूमिगत तारका लागि सडक खनेर पाइप राखिसकिएको छ। सँगसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म पनि पाइप राखिएको छ ।
मुलुकको समृद्धिनिम्ति अत्यावश्यक पूर्वाधारका रूपमा रहेको विद्युत् उत्पादन एवं प्रसारण लाइनको विस्तारमा नेपाल विद्युत् प्राधिकरणको वर्तमान नेतृत्वले देखाएको सक्रियताको परिणाम देखिन थालेको छ । चार वर्षअघिसम्म दैनिक १६ घण्टाको विद्युत्भार कटौती बेहोरेको तितो यथार्थ हामीले बिर्सिसकेका छौँ । अबका दिनमा पक्कै पनि त्यो स्थिति दोहोरिने छैन । सरकारले ‘उज्यालो नेपाल’ को अभियान नै घोषणा गरेर विद्युत् प्राधिकरणलाई सोही अनुसार कार्य गर्न प्रशासनिक
नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको ज्यान गएको छ ।
दुई हप्तासम्म गम्भीर वार्तापछि विश्व जलवायुु सम्मेलन (कोप–२८) सम्पन्न भई दुई सय मुलुकका प्रतिनिधि आआफ्ना मुलुक फर्केका छन् । पेरिस सम्मेलन (कोप–२१) पछि महत्वपूर्ण मानिएको यस सम्मेलनले कार्बन न्यूनीकरण, अल्पविकसित मुलुकका लागि वित्तीय सहयोग र खनिज तेलको भविष्यको सम्बन्धमा सघन छलफल गर्ने अपेक्षा गरिए अनुरूप चार विषयमा सहमति भएको छ । पहिलो जलवायु परिवर्तनका करण क्षति र हानि भएका मुलुकलाई सहयोग गर्न हानि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयताको बहुआयामिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको छ । सरकारले सामाजिक, राजनीतिक, सांस्कृतिक, क्षेत्रीय तथा लैङ्गिक क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । सरकारले सिंहदरबारको राजनीतिक चेतना गाउँगाउँसम्म पु-याएर जनतामा चेतनाको दियो बालेको छ । उत्पीडित वर्ग एवं जातिलाई आफ्नो हक अधिकारका निम्ति सचे
नवशिशुको जन्मले कोही कसैको मान, पद, दर्जा र नातामा पदोन्नति भएर बाआमा, बाजेबजैका साइनोमा पुग्दा रहेछन् । अनि कोही आमा त कोही छोरा, कोही मामा भने कोही भान्जा । यस्तै यस्तै एक शिशु जसले धेरै नाता, साइनो र नव परमेश्वरीय प्रतिरूप पनि सगँसँगै ल्याएको हुन्छ । जन्मिएको शुभ खबर फोन, पत्र, एसएमएस, इमेल र मुखले दिन नपाउँदै बधाई र उपहार ढोकैमा आउँदा झन् आश्चर्य र खुसी लाग्छ । साँच्चै भन्ने हो भने सबैको ओठमा मोनालिसाको मुस्कान झैँ छाइरहेको प्रस्ट देखिन्छ । यो खुसी पनि कस्तो–कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो सुरु भए जस्तो । अस्ताइसकेको घाम पनि ख्रिस्टको जन्मले फेरि घाम उदाए जस्तो ।