निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ ले मुख्य अभिनेतृको खोजी गरिरहेको छ । चलचित्र निर्देशक सम्राट् बस्नेतले डिजिटल अडिसनमार्फत उपयुक्त अभिनेतृको खोजी गरिरहेको बताउनुभएको छ । अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाउनुपर्ने निर्देशक बस्नेतले जनाउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रामेछापको सदरमुकाम मन्थली र सुनापति गाउँपालिका–४, बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकासँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती जडान गरेको जनाएको छ । बत्ती राखेपछि रातिको समयमा ती क्षेत्र झिलिमिली बनेका छन् ।
भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने एन्टर्क स्कुटरमा नेपाली टायर प्रयोग हुन थालेको छ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको हो । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने तथा अहिले बिव्रmीपछिको सेवाका लागि आवश्यक टायरका रूपमा यो टायर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेलको स्वामित्व खरिदबिक्रीमा नेपाल सरकारले निर्धारण गरेको पुँजीगत लाभकरविरुद्ध अन्तर्राष्ट्रिय न्यायाधिकरणमा गरेको दाबी खारेज भएको कम्पनीले पुष्टि गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) मा दर्ता गराएको दाबी यही जेठ २६ गते खारेज गर्ने निर्णय गरेको उल्लेख गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यस पटकको भारत भ्रमणका क्रममा भौतिक पूर्वाधारका क्षेत्रमा भएका समझदारी सफल, उपलब्धिमूलक र परिणाममुखी मानिएको छ । भ्रमण दलमा सँगै जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भ्रमणका क्रममा पूर्वाधार, पारवहन, ऊर्जालगायतका क्षेत्रमा विभिन्न सम्झौता र सहमति भएको बताउनुभयो । सहमति कार्यान्वयनका विषयमा मन्त्रालयका कार्ययोजना के कस्ता छन्, साँच्चिकै भौतिक पूर्वाधार क्षेत्रले अब फड्को मार्ला त भन्ने विषयमा केन्द्रित रहेर मन्त्री ज्वालासँग गोरखापत्रका भउचप्रसाद यादवले गरेको कुराकानी :
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरेको छ तर यही बेला यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमानसमेत गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ छ। यसमा दुई लाख ८६ हजार ९९८ घरधुरी रहन सक्ने छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस पटक भित्रिन लागेको मनसुनका समयमा हुने विपत् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा
प्रतिनिधि सभाको गत हप्ताका बैठकका केही कामकारबाहीले संसदीय मर्यादा स्खलित हुन पुगेको भनी स्वयं संसद् सदस्य, राजनीतिक दलका नेता तथा आमनागरिकले समेत प्रश्न उठाइरहेको पाइन्छ। सामाजिक सञ्जाल र आम समाचार माध्यममा त निरन्तर संसदीय मर्यादा उल्लङ्घन भएका विषय आइरहेका छन्। संसद्का कामकारबाहीलाई आमनागरिकले नियाल्नुलाई स्वाभाविक रूपमा लिनु पर्छ। भनिन्छ, संसद्का गतिविधि सार्वजनिक गतिविधि हुन्, त्यस्ता कार्य जनताले जाँच गर्ने विषय पनि हुन्।
मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेको छ ।
कुनै पनि राष्ट्रका नागरिक नागरिकताविहीन हुन सक्दैन भन्ने विश्वमान्यता छ। नागरिकताविहीन नागरिक राज्यद्वारा प्रदान गरिने कुनै पनि सेवासुविधाबाट वञ्चित हुने गर्दछन्। राज्यले आधिकारिक रूपमा त्यसलाई चिन्दैन। राज्यका आधिकारिक नागरिक भएपछि मात्र ती सुविधा तथा हक र अधिकार प्राप्त गर्न योग्य मानिन्छ। नेपालमा २००९ सालदेखि नै नागरिकता ऐन बनेको छ। त्यसपछि २०२०, २०४७, २०६३ तथा २०७२ सालको संविधानमा नागरिकता प्राप्तिको प्रावधान राखिएको छ।
नियन्त्रणमा लिइएको अवैध रासायनिक मल [युरिया] राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।
पछिल्लो जनगणना अनुसार नेपालमा ५०.१ प्रतिशत जनता कृषि पेसामा आश्रित छन्। कृषि उत्पादन राम्रो नहुँदा हाम्रो छाक नै रोकिन्छ। हाम्रो छाक रोकिन नदिनका लागि राज्यका नीति नियम अझै सहज र किसानमुखी बनून्, उन्नत प्रविधि, उपकरण, बिउबिजन उपलब्ध होस् भन्ने हाम्रो चाहना छ। अझ आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार ३१० मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत संलग्न छन्। उनीहरूको मेहनतले झन् धेरै नेपाली पालिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आदिवासी जनजातिका माग सरकारले सम्बोधन गर्ने बताउनुभएको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी आवासमा नेपाल आदिवासी जनजाति महासङ्घको ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान विघटन नहुनेबारे विश्वस्त पार्नुभएको महासङ्घको नेतृत्व गरेर जानुभएका आदिवासी नेता सुरेश आलेमगरले गोरखापत्रलाई जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले हालै राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनजातिका वर्गीकरण सच्चाउनका लागि यसअघि नै निर्देशन दिइसकेको पनि जानकारी गराउनुभएको थियो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्यौलता बढ्दै गएको छ ।
मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताउनुभयो ।