यो वर्षको मनसुनको हल्का प्रभाव भारतको बिहार क्षेत्रमा देखिँदा नेपालमा बदली र हल्का वर्षा हुन थालेको छ । बुधबार केरलाबाट नेपालतिर सोझिएको मनसुनी न्यूनचापीय प्रणाली सोमबारसम्म भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको छ । तर नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
रुकुम (पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्त्वपूर्ण पर्व हो ।
नेपालमै पहिलो पटक एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपन्देहीमा शिलान्यास गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले किसानहरूले पाउने अनुदानको मलमा दुरुपयोग भएको भन्दै सचेत रहन कृषकलाई आग्रह गर्नुभएको छ ।
कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।
स्याङजाको गल्याङ नगरपालिका वडा –१ मालुङ्गामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । टुनिबोटदेखि चौर जाने कच्ची बाटो छेउमा स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सरकारले ठूलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेको छैन । तर, रुपन्देहीका विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने अठोट गर्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिनको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ ।
ओखलढुङ्गामा मिटरब्याज पीडितको एउटा मात्र उजुरी दर्ता भएको छ । अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोगको निर्णय र गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले उजुरी आह्वान गरेको समयभित्र जिल्लामा एउटा मात्रै निवेदन दर्ता भएको हो ।
स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ । मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जिप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग पूरा गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न सहज नभएको बताउनुभएको छ ।