• २० असोज २०८१, आइतबार

‘क्रिसमस डे’ले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न सघाउँछ : प्रदेश प्रमुख शर्मा

blog

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, पुस ९ गते ।
 बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको इसाई समुदायको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले आफ्नो शुभकामनामा संवैधानिक व्यवस्था अनुसार धर्मनिरपेक्ष राज्य हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्नुभएको छ । विविधताबिच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न हामीले मनाउने पर्वहरूले सघाउ पुर्‍याइरहेको पनि प्रमुख शर्माको सन्देशमा भनिएको छ ।

‘‘हाम्रा धर्म, संस्कृति र चाडपर्वहरूको संरक्षण गर्दै धार्मिक–सांस्कृतिक स्वतन्त्रताको उपयोग गर्नु हाम्रो मौलिक अधिकार हो ।’’ प्रमुखले सन्देशमा भन्नुभएको छ, ‘‘क्रिसमस पर्वले हामी नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्दै समग्र राष्ट्रको उत्थानमा सघाउ पुर्‍याउनेछ भन्नेमा म विश्वस्त छु ।’’