लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ भने खेतमा राखिएको ब्याडमा धाँजा फाटेको छ । मकैको झार गोड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । दाङको घोराहीमा करिब तीन साताअघि लगाइएका मकै तरकारीका बेर्ना पानी नपर्दा बारीमै सुक्न थालेका छन् ।
आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजको आयातमा भ्याट लगाउने व्यवस्था गरेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैङ्क तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ जेठ ३२ गते गर्ने भएको छ। समितिको सोमबारको बैठकले प्राप्त उजुरी सार्वजनिक गर्दै सुनुवाइ तालिका बनाएको हो। समितिले जेठ ३१ गते उजुरीकर्तासँग छलफल गर्ने छ। कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ उजुरी परेका छन्। जसमा बहालवाला न्यायाधीश तथा कानुन व्यवसायीका समेत उजुरी छन्।
निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रमबाट पारित भइसकेको छ। बजेट वक्तव्यमा समेत उक्त व्यवस्था उल्लेख छ।
यो वर्षको मनसुनको हल्का प्रभाव भारतको बिहार क्षेत्रमा देखिँदा नेपालमा बदली र हल्का वर्षा हुन थालेको छ । बुधबार केरलाबाट नेपालतिर सोझिएको मनसुनी न्यूनचापीय प्रणाली सोमबारसम्म भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको छ । तर नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
रुकुम (पूर्व) मा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्त्वपूर्ण पर्व हो ।
नेपालमै पहिलो पटक एकल लगानीमा बन्न लागेको एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपन्देहीमा शिलान्यास गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले किसानहरूले पाउने अनुदानको मलमा दुरुपयोग भएको भन्दै सचेत रहन कृषकलाई आग्रह गर्नुभएको छ ।
कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।
स्याङजाको गल्याङ नगरपालिका वडा –१ मालुङ्गामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । टुनिबोटदेखि चौर जाने कच्ची बाटो छेउमा स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सरकारले ठूलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेको छैन । तर, रुपन्देहीका विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने अठोट गर्नुभएको छ ।