स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार आठजनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले सुदूरपश्चिम प्रदेश सरकारको आमसञ्चार नीति यसै अधिवेशनमा ल्याउने बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
महोत्तरी जिल्लामा मटिहानी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट सार्वजनिक गरेको छ । मटिहानी नगरपालिकाले भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकारको उपयोग गर्दै जग्गा सार्वजनिक गरेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा बलियो राष्ट्रिय राजनीतिक शक्तिको खाँचो भए पनि त्यो निर्माण हुन नदिने चलखेल जारी रहेको बताउनुभएको छ ।
स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना भएको छ । दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् ।
भेरी अस्पताल नेपालगञ्जले निःशुल्क रूपमा प्रदान गर्दै आइरहेको रेबिज विरुद्धको भ्याक्सिन सकिएको जानकारी गराएको छ । अस्पतालले सोमबार सर्वसाधारणका लागि एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।
बाँके राप्तिसोनारी गाउँपालिका –८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैँ नरसिङ्गा फुक्नुहुन्छ । लोप हुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफू पञ्चेबाजाअन्तर्गत पर्ने नरसिङ्गा फुक्ने गरेको वलीले बताउनुभयो ।
तनहुँमा रुखबाट लडेर घाइते एक वृद्धको आज मृत्युभएको छ ।
उत्पादन लागतभन्दा कम मूल्यमा पनि इँटा विक्री हुन छोडेपछि रौतहटका इँटा उद्योग धमाधम बन्द भएका छन् । दुई वर्षअघि एक सय ६३ वटा उद्योग सञ्चालनमा रहेको यस जिल्लामा अहिले ४६ वटा मात्र सञ्चालनमा छन् ।
तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ ।
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बसपार्कमा प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा विट स्थापना गरिएको छ।