धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
पाँचथरको फिदिममा आयोजना भएको छैटाैं सुम्हात्लुङ मिनी म्याराथनको उपाधि नेपाल आर्मीमा कार्यरत धावक श्रीकास राईले चुम्नुभएको छ ।
पूर्वी नेपालको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीसहित भुटानी शरणार्थीहरुको समस्याको पूर्ण सामधानका लागि पहल गर्न मानवअधिकारको क्षेत्रमा क्रियाशिल रहेका संघसंस्थाहरुको अगुवाईमा सर्वपक्षिय समिति बनेको छ ।
नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
मधेश प्रदेशको आठ वटै जिल्लाको खानेपानीमा आवश्यकता भन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरको पानी परीक्षण प्रयोगशालाले प्रदेशका विभिन्न स्थानबाट सङ्कलन गरेको नमुना पानी परीक्षण गर्दा खानेपानीमा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको हो ।
पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रङ्गियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत वेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका–३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक ९विद्यार्थी०ले अध्ययन गर्दै आएका छन् ।
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ ।
म्याग्दीको बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।
कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किनुभएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितको लागि एक सय ३० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९ रनको योगफल बनाएको हो ।
ताप्लेजुङस्थित नेपाल नेत्रज्योति सङ्घको रजत महोत्सवको अवसरमा आइतबार बिहान प्रभातफेरी गरिएको छ । सङ्घ तथा सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको २५ औं स्थापना दिवस अर्थात् रजत महोत्सवको अवसरमा सदरमुकाम फुङ्लिङमा प्रभातफेरी गरिएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ९१ जनाको सफल शल्यक्रिया गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताउनुभएको छ ।