बाँकेको खजुरा गाउँपालिकास्थित पुरानै नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट हुनुभएको छ ।
इलामको रोङ गाउँपालिकाले पालिकाभित्रका सहकारीलाई व्यवस्थित बनाउने काम सुरु गरेको छ । ग्रामीण अर्थतन्त्रको मुख्य आधार सहकारी भएको भन्दै रोङ गाउँपालिकाले सहकारीलाई व्यवस्थित बनाउन सुरु गरेको हो ।
फ्रेन्च ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जित्नुभएको छ । आइतबार राति भएको फायन्लमा जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभयो ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा मंगलबारदेखि दोस्रो दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप हुँदैछ ।
तमालले छोपेको जङ्गलभित्र सेता र राता गुराँसले ढाकिएको डाँडाको बीचमा रहेको चिवाभञ्ज्याङको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरिद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ ।
भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकुल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
बाँकेको राप्तीपारीस्थित नरैनापुर मटैयामा रहेको इलाका प्रहरी कार्यालय भगवानपुर जीर्ण तथा साँघुरो भवन भएका कारण प्रहरी कर्मचारी निराश थिए ।
कञ्चनपुरको लालझाडी गाउँपालिका –३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताउनुभएको छ ।
कक्षा ५ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने सहमतिपछि कावासोती नगरपालिकामा लगाइएको ताला खुलेको छ । विभिन्न शैक्षिक माग राख्दै नेपाल विद्यार्थी सङ्घ कावासोतीले कावासोती नगरपालिकामा १० दिनदेखि ताला लगाइएको थियो ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दाको आज (सोमबार) पनि सुनुवाइ हुन नसकेन सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दाको पेशी तोकिए पनि ‘बेन्च बस्न नभ्याएको’ जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सगरमाथा आरोही सुदूरपश्चिम प्रदेशकी चेली संगिता रोकायालाई सोमबार सम्मान गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल १२३ अर्ब रुपियाँ विनियोजन रहेकोमा तीन जिल्लामा छुट्टाएको रकम ठुलो परिमाणमा नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।