नागरिकलाई प्रवाह गरिने प्रहरी सेवालाई मानवअधिकारमैत्री बनाउन पहिलो पटक दुर्गम भेगमा रहेका प्रहरी युनिटलाई मानवअधिकार प्रशिक्षण दिइएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ ।
जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो ।
शे-फोक्सुण्डो गाउँपालिका –८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुण्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
मङ्गलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा तीन सय र चाँदी तोलामा पाँच रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तातो हावा लू चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले घर बाहिर निस्कने सर्वसाधारणको सहजताका लागि बाँकेका विभिन्न ठाउँमा चिसो खानेपानी वितरण सुरु गरिएको छ ।
बाराको सिम्रौनगढ नगरपालिका –१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।
गर्भवती, सुत्केरी र दुई वर्षभित्रका बालबालिकालाई हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिकाले पौष्टिक आहार वितरण गर्ने गरेको छ ।
सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । आज सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।
मनसुनजन्य विपद्को दृष्टिकोणले अत्यन्तै जोखिम मानिने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रे र फगाम क्षेत्रको प्राविधिकद्वारा स्थलगत निरीक्षण गरिएको छ ।
बालविवाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषित गरिएको छ । खोप कार्यक्रमअन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषित गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (मङ्गलबार) सुनुवाइ हुँदैछ ।