परम्परागत संस्कृतिसँग सम्बन्धित नाच एवम् गीत जगेर्नाका लागि भूमे गाउँपालिकामा चौथो भूमे वृहत् सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।
मकवानपुर प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट आएको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा सवार वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले बुधबार बिहान रातोमाटे चेकपोष्टबाट सुनसहित पक्राउ गरेको हो ।
कनकाई नगरपालिका -५ स्थित चप्रामारीमा बुधबार बिहान साढे २ बजे स्थानीय रबीलाल बयलकोटीको गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
स्याङ्जाको भिरकोटमा भएको आगलागीका पीडितलाई विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन् ।
बाजुरामा गए राती चट्याङ परेर एक जना युवकको मृत्यु भएको छ । बाजुरामा मङ्गलबार साँझ परेको अविरल वर्षासँगै परेको चट्याङ कारण जगन्नाथ गाउँपालिका वडा नं.१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज विष्टको मृत्यु भएको हो ।
रुकुम पश्चिममा ५५ थान बेवारिसे काठ बरामद भएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमले मुसीकोट नगरपालिका –२ को घ्युखोला नजिकबाट बेवारिसे अवस्थामा रहेका ५५ थान गोलिया र चिरान काठ बरामद गरेको हो ।
वालिङ नगरपालिकाले सडक पेटीमा सामान नराख्न र जथाभाबी पार्किङ गरेको पाइएमा कारबाही हुने भएको छ । पछिल्लो समय बढ्दो बजारीकरण तथा मानिसको जनघनत्वका कारण साँघुरिएको सडक क्षेत्रलाई अव्यवस्थित बनाएको भन्दै वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।
बिरामीहरूलाई सेवा दिने उद्देश्यका साथ खार्पुनाथ गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सर्केगार्ड गाउँपालिकाको सलीसल्लाबाट हेलिकोप्टरमा ढुवानी गरेर ल्याएको एम्बुलेन्सका पार्टहरू जडान कार्य भएपछि मङ्गलबारबाट सञ्चालनमा आएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –१ दोवामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो ।
नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ ।
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनः निर्माण गरिएको छ ।
तनहुँका सबै पालिकाहरुमा गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग महामारीलाई नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो ।
दोलखाको तामाकोसी गाउँपालिकाले पालिकाभित्रका ३० समूह किसानलाई अनुदानमा ब्याडका बोका वितरण गरेको छ । असल शासन समन्वय समिति, गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत प्राविधिक सहयोगमा ३० वटा ब्याडका बोका वितरण गरिएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।
बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी कोरिडोर सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।