नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सुरु भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।
संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिको आज (बधुबार) को बैठकमा प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।
बाँकेका आठमध्ये चारवटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पानुभएको छ ।
अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था लागु गर्ने भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले सरकारले समिति खारेज गर्ने निर्णय गर्दा काम गर्न अप्ठ्यारो भएको बताउनुभएको छ ।
धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो ।
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नयाँ भवन निर्माणका लागि श्रोतको खोजीमै लामो समय बितेको छ ।
लामो खडेरीले वर्षेबाली बारीमै सुकेपछि पानी माग्दै तनहुँमा इन्द्र र महादेवको पूजापाठ गरिएको छ । आँबुखैरेनी–२ ढकालटारमा पूजापाठ गरिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका –९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिनुहुन्छ, उहाँ । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताउनुभयो ।
राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धूमधामसँग बिहे गराएका हुन् ।
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिएको छ । विद्युत् सेवा भरपर्दो र गुणस्तरीय बनाउन पुराना जीर्ण र काठका पोलमुक्त बनाउने अभियानलाई तीव्रता दिएको हो ।