• १३ असोज २०८१, आइतबार

कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्नुपर्छ : सभापति देउवा

blog

काठमाडौं, पुस ७ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ । 

शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गर्नुभयो । उहाँले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको बताउँदै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको चर्चा गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर काँग्रेसले खासगरी नेतृत्वदायी भूमिकामा बसेर हामीले नेपाललाई जो अहिले समावेशी, समानुपातिकसहितको गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरेका छौँ । यो वास्तवमा सबैको समावेशितामा आधारित व्यवस्था हो । त्यसैकारण यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन, तर सबै साथीहरूको सहयोगले यो पार्टी सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको छ । तर यो पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रास लेभलबाटै यो पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्छ ।’’

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।