• ७ जेठ २०८१, सोमबार

टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा

blog

काठमाडौं, पुस ८ गते । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसङ्ख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।

विपद्पूर्व तयारी देशका लागि अहिले महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भौगोलिक रुपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

गत फेब्रुअरीमा, देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । एर्दोगानले टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजनाहरू हुने बताउनुभयो ।