पाँचौँ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा नेपालले वर्चस्व जमाएको छ । प्रतियोगितामा सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी ३ स्पर्धामा समान ३/३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो ।
गुल्मीको धुर्कोट गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर–१ नयाँ गाउँस्थित नयाँ गाउँ माध्यमिक विद्यालय प्रथम भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।
ब्लड क्यान्सर पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला फुटबल क्लबले आर्थिक सहयोग गरेको छ । सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लबहरूले पुस १५ गते भित्र आफूले पाउनु पर्ने बक्यौता रकम नपाए अखिल नेपाल फुटबल सङ्घ( एन्फा) ले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा नखेल्ने जनाएका छन् ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुङ्ग्याउने सन्दर्भमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले छलफल गरेका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताउनुभएको छ।
विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एप्एिफले लुम्बिनी प्रदेशलाई ९० रनले हरायो ।
ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को बिदा दिएको छ । लिम्बू समुदायको साँस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले बुधबार एकदिन स्थानीय बिदा दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढङ्गले अगाडी बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न निर्देशन दिनुभएको छ ।
नेपालगञ्ज-गुलरीया सडक स्तर उन्नतिको काम द्रुत गतिमा अघि बढिरहँदा समेत निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । निर्माण कम्पनीले हाल नेपालगञ्जको नन्दनी मिलदेखि नै सडकमा कालोपत्रेको तयारीका लागि गिट्टी बिच्छाउन थालेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर सोमबार तनहुँ आउनुहुने भएको छ । सभापति देउवा दमौलीस्थित बिपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।