• १३ असोज २०८१, आइतबार

दोलखा महोत्सवको तयारी तीव्र

blog

महोत्सवको तयारी अवस्थामा दोलखा चरिकोट बजार । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा 

दोलखा, पुस १० गते । दोलखा वाणिज्य सङ्घको आयोजना हुने बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ । पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा हुने बृहत् दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारिएको सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले  महोत्सवको आयोजना गरिएको हो । महोत्सवलाई सफल पार्न सङ्घले आफ्ना वस्तुगत संस्थाहरू,स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकाय,जिल्लाका राजनीतिक दलहरू र सरोकारवाला पक्षहरूसँग बारम्बार छलफल गरिरहेको सङ्घका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवका लागि १५० वटा स्टल बुकिङ भएका छन् । बुकिङ भएका स्टलहरू मध्ये १२० वटा दोलखाकै रहेको छन् । जिल्लामा स्थानीय उत्पादनका लागि ६० वटा, होटेलका लागि २८ वटा र बाँकी अन्य व्यवसयाका लागि स्टल बुकिङ भएका हुन् । स्टल भाडा पाँच हजारदेखि ३५ हजार रुपियाँसम्म तोकिएको छ ।

प्रचारप्रसारलाई पनि तीव्रता दिई को छ । चरिकोट बजारलाई बेहुली झैँ सिँगारिएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नु हुनेछ ।