सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्यायाधीश लागि अनुमोदन गरेको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ ।
झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि आज बजेट प्रस्तुत गर्दै छ ।
महोत्तरी सर्लाही सीमा नजिकको गौशाला नपा -७ स्थित जयपुर गाउँ नजिकबाट प्रहरीले विभिन्न ब्रान्डका भारतीय गुट्खा बरामद गरेको छ ।
कर्णाली प्रदेश अस्पताललाई स्तरोन्नति गरिने भएको छ। हाल तीन सय बेडसहितको स्वास्थ्य सुविधा रहेको यस अस्पताललाई पाँच सय शय्या पु-याइने भएको हो। अस्पताललाई हेलिप्याड सुविधासहितको बनाउने गरी संरचना निर्माण सम्झौता गरिएको छ। प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबिच अस्पतालको भवन थपका लागि सम्झौता गरिएको छ।
अमरगढी नगरपालिका–९, ढाँटगाउँको खानेपानी योजना करिब १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। खानेपानी योजना पूरा नहुँदा स्थानीय गाउँमुनि रहेको दुई वटा पँधेराबाट पानीको जोहो गर्न बाध्य छन्। खानेपानी योजना समयमा नै पूरा नहुँदा यहाँका एक सयभन्दा बढी परिवार ढाँटगाउँ खानेपानी योजनाबाट ढाँटिएका छन्। पानीको जोहो गर्न बिहान बेलुकी पँधेरामा लाइन बस्न बाध्य स्थानीयवासी गाउँको नाम जस्तै योजनाबाट पनि ढाँटिएको बताउँछन्। पानीको जोहो गर्न प्लास्टिकको ग्यालिन र ट्याङ्की खरिद गर्नु परेको स्थानीय इन्द्रादेवी पालले बताउनुभयो। खानेपानी योजना निर्माणको काम सुरु भएको १५ वर्ष बित्यो। उहाँले भन्नुभयो, “योजना पूरा हुन सकेको छैन। पुर्खाले बनाएको पँधेराबाट पानीको जोहो गर्नुपर्ने बाध्यता छ।” खानेपानीदेखि लुगाकपडा धुन, सरसफाइ, शौचालय,
पूर्वी नवलपरासीको कावासोतीमा निर्माणाधीन अवस्थामा रहेको चिस्यान केन्द्रको निर्माण कार्यले गति लिन थालेको छ। दुई वर्षअघि चिस्यान केन्द्रको निर्माण थालनी गरिएको भए पनि विविध कारणले केही समय रोकिएको थियो। अहिले चिस्यान केन्द्रको निर्माण कार्यले गति लिएसँगै ५० प्रतिशत काम पूरा भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ। सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो। सरकारले तीन वर्षअघि स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु-याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अगाडि सारेको थियो।
पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ। मुहान सुक्दै गएपछि खानेपानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता रहेको छ। देवचुली नगरपालिका–२ मा खानेपानीका मुहान सुकेका छन्। जिल्लाको दुम्कौलीमा रहेको पुनर्वासका बासिन्दालाई ट्याङ्करमा पानी ओसारेर खुवाउनु परेको छ। अति विपन्न क्षेत्र अन्तर्गत पर्ने पुनर्वास टोलमा खानेपानीको अभाव हिउँदमा मात्र नभई वर्षभरि नै हुने गरेको छ। अहिले मुहानसमेत सुकेपछि ट्याङ्करबाट ल्याएको पानीमा निर्भर हुनु परेको हो।