नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गर्नु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
घर-घरमा खानेपानीका धारा पुग्दा गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तुका स्थानीयहरू हर्षित भएका छन् । पानी ल्याउनका लागि घण्टौँ हिँड्नु पर्ने हुँदा निकै समस्या भएको तर अहिले घर–घरमा खानेपानीको धारा आउँदा समयको बचत भएको भन्दै यहाँका स्थानीयहरू अत्यन्तै हर्षित भएका हुन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राख्नुभएको छ ।
क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छन् । हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर -३ को शिरखोलामा जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप दुर्घटना भएको हो ।
नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेशका मुख्यमन्त्रीलाई शङ्काको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ ।
वंशाणुगत जण्डिस रोगबाट लामो समयदेखि पीडित हुनुभएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर ३ को शिरखोलामा जिप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप दुर्घटना हुँदा जीपमा सवार दुई बालकसहित दश जना घाइते भएका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो ।
काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।
दोलखाको तामाकोसी गाउँपालिकाले विभिन्न स्थानमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी महिला लाभान्वित भएका छन् । पालिकाद्वारा आयोजित शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँचलगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको गाउँपालिकाले जनाएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको एक औपचारिक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभएको हो ।