• २४ वैशाख २०८२, बुधबार

प्रधानमन्त्री प्रचण्ड आज गोरखा आउनु हुँदै

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस ११ गते । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सञ्चालन गरिरहेको माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका – ८ को वडा पार्टीको बैठकमा सहभागी हुन उहाँ गोरखा आउनु लाग्नु भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक तिमिल्सेना साकारले जानकारी दिनु भयो । 

प्रधानमन्त्री प्रचण्डले वडा पार्टीको बैठकमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ । माओवादी पार्टीको विशेष रूपान्तरण अभियान अन्तर्गत सातै वटै प्रदेशको १–१ वटा वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेश अन्तर्गत गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको – ८ पन्द्रुङको वडा पार्टीको बैठकमा सहभागी हुन लाग्नु भएको हो । 

त्यस वडा जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलको जन्म थलो भएकाले प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम राखिएको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ । आज नै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेलको जराङडाडामा रहेको स्मृति पार्कको अवलोकन र बारपाक सुलीकोट गाउँपालिकाका जनप्रतिनिधि सँग अन्तरक्रिया रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टाले जानकारी दिनुभयो । 

बारपाक सुलीकोट गाउँपालिकाबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डले गोरखाको गण्डकी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यस लगत्तै आजै नै काठमाडौ फिर्ता हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र गोरखाले जनाएको छ ।