जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड।।। कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार ।
धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो ।
कुस्तीको दुनियाँका बादशाह आन्द्रे द जाइन्टले एक पटक उडिरहेको विमानमा आफ्नो दिसा र अपानवायुले यात्रुलाई झन्डै मारेका। उनको दिसा र अपानवायुको गन्धले केही यात्रुलाई वाकवाकी लाग्ने र बान्ता आउलाजस्तो भयो केही चाहिँ मुर्छा पर्ने गरी हाँस्न थाले। विमानमा एकछिन त कोलाहल नै भयो। वल्र्ड रेस्लिङ फेडरेसन च्याम्पियन आन्द्रे द जाइन्टलाई बोइङ–७४७ विमानमा सावर भएर टोकियोबाट अमेरिका जाने क्रममा पेटमा समस्या भएको थियो। रिङमा प्रतिद्वन्द्वीलाई चित् पारेका उनी १४ घण्टाको उडानमा अन्य यात्रुको समस्या बने।
मायामी, बर्मुडा र प्युर्टो रिकोलाई बिन्दु मानेर कल्पना गरिएको बर्मुडा ट्राएङ्गलभित्र अत्तोपत्तो नहुने गरी कैयौँ पानीजहाज र विमान बेपत्ता भएका छन्। के कति कारण यसरी जहाजहरू बेपत्ता भएका हुन्, त्यो अझैँ पनि रहस्यमै छ। करिब ८० वर्ष पहिले एक घमाइलो दिनमा फ्लोरिडामा रहेको अड्डाबाट जलसेनाका पाँच विमानले प्रशिक्षणका लागि उडान भरे, जसलाई फ्लाइट–१९ नाम दिइएको थियो। त्यसपछि फ्लाइट–१९ का कुनै पनि विमानको चालक दलका सदस्य देखा परेका छैनन्।
डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
नटुवा जातिको छोटो र स्पष्ट परिचय दिन केही समस्या छन्। यो जातिलाई नट, नटुवा, नेटुवा, नेटु पनि भनिन्छ। यो जातिका वयस्क सदस्यले साहु महाजनको घरमा मर्दापर्दा गीत गाउने, नाचगान देखाउने, कला प्रदर्शन गर्ने भएकाले ‘नचुवा’ जाति भन्दै गर्दा अपभ्रंश भएर नटुवा भएको विचार पनि कतिपयले व्यक्त गरेका छन्। नेपालका आधिकारिक कागजातमा भने यस जातिलाई नटुवा भनिएको छ। राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा भनी उल्लेख गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी स्वदेश फर्कनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला स्वास्थ्य उपचार सेवाको दृष्टिले निकै सुगम मानिन्छ। प्रदेश अस्पतालसहित दुई वटा ठुला सरकारी अस्पताल, ४७ वटा स्वास्थ्य चौकी, ४५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २५ वटा प्रयोगशाला रहेका छन्। कुल ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन। एक वटा एक स्वास्थ्य संस्था रहेका छन् तर आर्थिक वर्ष २०७९/८० मा १३७ जना महिला घरमै सुत्केरी भएको पाइएको छ। स्वास्थ्य संस्थामा सुरक्षित रूपमा प्रसूति गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि प्रदेश राजधानी भएको जिल्लामा समेत त्यो जनचेतना पुग्न सकेको छैन। जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले १३७ जना महिला घरमै सुत्केरी भएको देखाएको छ।
हिउँदमा खानेपानीको सङ्कट भोग्दै आएका वीरेन्द्रनगरवासीले वर्षाको समयमा समेत पानी अभाव झेल्नुपरेको छ। पछिल्ला दिनमा नियमित बर्सात भइरहेको छ। तथापि वीरेन्द्रनगरवासीको धारामा पानी झरेको छैन। वीरेन्द्रनगर नगरपालिका–१ की लीला खड्काले खानेपानीको अभाव थप चुलिएको बताउनुभयो। उहाँका अनुसार गर्मीयाममा छ दिनको एक पटक पानी आउने गरेको थियो। १० दिनदेखि धारामा खानेपानी आएको छैन।
अनेरास्ववियु आर आर क्याम्पस कमिटीले आयोजना गरेको प्रथम अनेरास्ववियु आर आर भलिबल कप–२०८० को उपाधि नेपाल कमर्श क्याम्पस काठमाडौँले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा न्युटन कलेजलाई ४–१ ले पराजित गर्दै नेपाल कमर्श क्याम्पसले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाल कमर्श क्याम्पसले नगद एक लाख जित्यो । दोस्रो हुने न्युटन कलेजले ५० हजारमा चित्त बुझायो ।
जाजरकोटका लोपोन्मुख तथा सीमान्तकृत वर्गलाई अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ। नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिकाका विभिन्न स्थानमा रहेका सीमान्तकृत वर्गका लागि क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन गरिएको छ। सीमान्तकृत वर्गका माझी, गन्धर्व, बादी, मुक्त हलिया समुदायका सर्वसाधारणले राज्यले दिने सेवा सुविधा पाउन नसकेकाले मूलधारमा ल्याउन सचेतना अभिवृद्धि तथा अभिमुखीकरण गरिएको जनाइएको छ।