• ८ कात्तिक २०८१, बिहिबार

मन्त्री मोदी स्वदेश फिर्ता

blog

काठमाडौँ, असार २४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी स्वदेश फर्कनुभएको छ । 

दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्री स्तरीय ग्रामीण विकाससम्बन्धी सम्मेलनमा सहभागी भई मन्त्री मोदी गए राति स्वदेश फर्कनुभएको हो ।  

मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकाससम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया सरकारका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए । 

उहाँले नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले आयोजना गरेको अन्तर्क्रियालाई समेत सम्बोधन गर्नुभएको थियो ।