नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम नगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ । सरकारले जन्मदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गर्दैआएको छ ।
काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षत्री र धनकुटाका राहुल माझी, भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेको जानकारी गराएको हो।
हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ नेपाल मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ ।
अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ ।
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समितिप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ।
सर्लाहीको गोडैता नगरपालिका –१२, मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गडहीयाबाट मधुवनीतर्फ गइरहेको प्रदेश २–०३–०१२ प ९७४४ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागि चालक धनकौल गाउँपालिका –१, बस्ने ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरलाई 'गुलमोहर सिटी' बनाउने अभियान सुरु गरिएको छ ।
कान्छी आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, पथलैयास्थित अशोक जैसवालको घरभाडामा बस्ने भारतीय ३९ वर्षीया मिरा भगतको हत्या गरेको आरोपमा २० वर्षीया प्रेम भगतलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।
आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो।
मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विधेयक पारित गर्न माग गर्दै मिटरब्याज पीडितले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
दुर्गमका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सहज रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । पाल्पाको माथागढी गाउँपालिकाले दुर्गम वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।
खोटाङका ग्रामीण क्षेत्रका गर्भवती महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । जिल्ला सदरमुकामभन्दा टाढा रहेको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएसँगै गर्भवती महिलाले निःशुल्क र अन्य बिरामीले सुलभ सेवा पाउने भएका हुन् ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा एकीकृत सेवा केन्द्र हुनुपर्ने माग राख्दै नगरवासीहरु आन्दोलित भएका छन् ।