सङ्घीय सरकारको सत्तारूढ गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ। गठबन्धनबिच केन्द्रमा भएको सहमति अनुसार सो पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको हो। सो पार्टीलाई सरकारमा सहभागी गराउन प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक पार्टीका संरक्षक रेशम चौधरीबिच छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
आलीताल गाउँपालिका–७, बलौचा गाउँकोमाथि र मुनिको डाँडो पहिरोले पूरै भासिएपछि भूगर्भविधको टोलीले बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको साढे दुई वर्ष पुग्यो तर बस्ती कहीँ कतै पनि स्थानान्तरण हुन सकेको छैन। बस्ती स्थानान्तरण हुन नसक्दा बलौचाका स्थानीयवासी हिउँदमा चर्केका घर र बर्खामा जङ्गलभित्र टेन्टको बसाइ गर्दै आएका छन्। चुरे क्षेत्रको यो बस्तीमा खानेपानीको समेत हाहाकार रहेको छ। २०७७ साल असोज र कात्तिकको बेमौसी अविरल वर्षाले बस्ती बसेको डाँडो नै भासिएको थियो।
सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गमैत्री नभएको भन्दै विगत दस दिनदेखि आन्दोलनरत अपाङ्गता भएकाले प्रदेश सरकारको प्रतिबद्धतापछि आन्दोलन रोकेका छन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बजेट अपाङ्गतामैत्री बनाउने प्रतिबद्धता वयक्त गरेसँगै आन्दोलन रोकेका हुन्। अनसनबाट सुरु भएको सडक आन्दोलन रोकिएको बताइएको छ। अपाङ्ग्ता भएकाहरूको हक अधिकार र सम्मानित जीवनयापनका लागि उठाइएका मागलाई मन्त्री साउदले तत्कालै बजेटबाट सम्बोधन गर्न सकिने, नीतिगत रूपमा सुधार गर्नुपर्ने र अन्तरमन्त्रालय वा निकायसँग समन्वय गर्ने र बाँकी विषयमा थप छलफल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको हो।
सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७७० रहेको छ। यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर रहेको छ। जिल्लाको मध्यभागमा पर्ने यस गाउँपालिकावासीको आम्दानीमा कृषि व्यवसायको ठुलो हिस्सा रहेको छ। स्थानीय बासिन्दाको आम्दानीको स्रोत वैदेशिक रोजगारी पनि हो। अध्ययनका लागि बिदेसिने र बसाइँसराइ गर्ने क्रम पनि बढिरहेको छ। दोस्रो स्थानीय तहको निर्वाचन भएको पनि एक वर्ष बितिसकेको छ। यहाँको विकासका लागि जनप्रतिनिधि लागिपरेका छन्। गाउँपालिकाका अध्यक्ष नारायण कार्कीसँग गोरखापत्रकर्मी बिन्दु थापाले गरेको कुराकानी :
१० वर्षे जनयुद्धकालमा सबैभन्दा सुरक्षित र छोटो मार्ग थियो बिजौरी हुँदै ग्वारखोलाको तिरैतिर रोल्पा पुग्ने घोडेटो बाटो। त्यही घोडेटो अहिले सडकका रूपमा निर्माण भएको छ। घोडेटोको अधिकांश ठाउँमा फट्के थिए। त्यही फट्के भएका ठाउँमा अहिले पुल निर्माण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार फट्केको ठाउँमा पुल निर्माण गर्दा बिजौरीदेखि होलेरीसम्म सडक सञ्चालनमा सहज भएको छ।
स्याङ्जाको कालीगण्डकी–३ मा अवस्थित आलमदेवी मन्दिरमा पहिलेदेखि चलिआएको कुनै चलन पनि परिवर्तन भएको छैन। पूजा व्यवस्थापन समितिले कुनै पनि नियम परिवर्तन नभएको जनाएको हो। आलमदेवी मन्दिर सबै महिलाका लागि पनि खुला रहेको भन्ने समाचार बाहिर आएपछि पूजा व्यवस्थापन समितिले यस्तो जानकारी गराएको हो। समितिका अध्यक्ष पृथ थापाले भन्नुभयो, “मन्दिरमा पहिलेदेखिको चलन र नियममा कुनै परिवर्तन गरिएको छैन।” शाह वंशीय महिलाहरू भने मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने चलन रहेको थापाले बताउनुभयो। शाह वंशीय कुलदेवीको मन्दिर आफूहरूले संरक्षण गरिदिएको हो। यो उहाँहरूकै इतिहास हो। त्यसैले सबै महिलाले मन्दिरमा प्रवेश पाउँदैनन्। पहिलेदेखि नै यस्तो प्रचलन रहेको छ। त्यो अहिले पनि कायम रहेको र यसमा परिवर्तन नभएको उहाँको भनाइ छ।
नेपालमा मौसमजन्य प्राकृतिक प्रकोपका कारण मात्रै गत वर्ष ४५४ जनाको ज्यानै गएको थियो। अर्बौं रुपियाँको भौतिक क्षति भयो। चालु मनसुनको प्रारम्भमै पूर्वी नेपालमा ठुलो क्षति भयो। हरेक वर्ष प्राकृतिक प्रकोपबाट ठुलो धनजनको क्षति हुने गरेको छ। सरकारले ‘जोखिम न्यूनीकरण राष्ट्रिय कार्ययोजना २०१८–२०३०’ कार्यान्वयनमा ल्याएको छ। विपत्बाट हुने क्षति न्यूनीकरण गर्दै दिगो विकास लक्ष्यलाई ध्यानमा राखी विपत् उत्थानशील नेपाल
प्रतिनिधि सभाबाट बजेट पारित भएको छ। अब थाति रहेका विधेयक पारित गरी भटाभट काम अघि बढाउनु पर्ने बेलामा प्रतिनिधि सभामा एक पछि अर्को बखेडा झिकेर सदन अवरुद्ध पार्ने क्रम जारी छ। जति बेला नक्कली भुटानी शरणार्थी प्रकरण आयो सदन अवरुद्ध, ललिता निवास फेरि ब्यँतियो। हुँदाहुँदा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको अध्यादेश पारित गर्ने दिनसमेत सदन अवरुद्ध गरियो। कुरा प्रस्ट छ सदन अवरुद्ध गर्नेहरू सरकारले चालेका यी कदमविरुद्ध र नक्कली भुटानी, ललिता निवास काण्ड र मिटरब्याजीका पक्षमा छन्। यही
प्राविधिक शिक्षा बारेका बहस सुन्दा लाग्न सक्छ प्राविधिक बेरोजगार बन्नु पर्दैन। अन्य विषयभन्दा प्राविधिक विषय पढ्ने विद्यार्थीले जीवनमा जागिरबाहेक पनि केही न केही गर्न सक्ने सिप सिकेको हुन्छ। प्राविधिक सिप भएका व्यक्तिले सानो ठुलो काम गर्न उनीहरूको सिपले नै सक्षम बनाएको हुन्छ। केही गर्न सक्ने र केही गर्नका लागि सिप र क्षमता प्रदान गर्ने प्राविधिक शिक्षाले मानिसलाई मेहनतका लागि प्रोत्साहित गर्नुका साथै आत्मविश्वास पनि प्रदान गर्छ। मेहनतमा विश्वास गर्ने प्राविधिक सिप भएको मानिस बेरोजगार बस्नु पर्दैन।
दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
नारायणघाट–बुटवल सडक खण्ड निर्माण हुन थालेको छ वर्ष भइसकेको छ। नागढुङ्गा–मुग्लिन सडक खण्ड फराकिलो पार्ने कामको पनि आरम्भ भइसकेको छ। मुग्लिन–पोखरा सडक खण्ड चौडा पार्न थालेको पनि दुई वर्ष नाघेको छ। महेन्द्र राजमार्ग अन्तर्गत सिरहा जिल्लामा पर्ने खण्ड पनि मर्मत गरिँदै छ। सारांशमा भन्नुपर्दा नेपालका सबै ठुला खाले राजमार्ग कुनै फराकिला पारिँदै छन् भने कुनैको मर्मत हुँदै छ। यसरी सडकमा सुधारका काम हुनुलाई खुसीको विषय मान्नुपर्ने हो। कालोपत्रे गरिएको चिल्लो बाटोमा यात्रा गर्दै सहजपूर्वक काठमाडौँबाट गन्तव्यमा पुग्ने कुनै ठाउँ छैन भन्दा पनि हुने अवस्था छ।
यस वर्षको मनसुन सुरु भएकै हप्ता भएको वर्षाले पूर्वी नेपालका तीन जिल्ला पाँचथर, सङ्खुवासभा र ताप्लेजुङमा करोडौँ धनजनको क्षति पु-यायो। मानवीय क्षति, विस्थापित र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण सुरु गरिएकोलगायत अद्यावधिक विवरण आउने क्रम अझै जारी छ। निकै कम पानी पर्ने क्षेत्रमा एकै पटक बाल्टी घोप्ट्याएको जस्तो पानी पर्दा पहिरो र त्यसपछि खोलामा आएको बाढीको चपेटामा पर्दा मेची राजमार्ग विच्छेद हुँदा जनजीवन कष्टकर भइरहेका समाचार अझै आइरहेका छन्। सामान्यतया मनसुन पूर्वी नेपालबाट भित्रिएपछि बिस्तारै पानी पर्दै सुदूरपश्चिमसम्म फैलिनुपर्नेमा मनसुन भित्रिँदै गर्दा एकै ठाउँमा पानी ओइरिएको यो घटना सबैका लागि फरक बन्यो। गत वर्ष मनसुन सकिएपछि दसैँ चलिरहेको बेला एकाएक सुरु भएको
गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।
आर्थिक वर्ष २०७९/८० को अन्तिममा सर्लाहीका स्थानीय तहमा कार्यरत कर्मचारीले राति अबेरसम्म कार्यालयमै बसेर काम गरिरहेका छन्। पालिका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र अन्य कर्मचारीले राति ढिलोसम्म कार्यालयमा बसेर भुक्तानीको काम गरिरहेका हुन्। देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले प्रत्येक पालिकामा राति ९/१० बजेसम्म नै काम भइरहेको पाइन्छ।