लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्थामन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ ।
साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक बसेको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा केही बेरअघि सुरु भएको बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताउनु भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिनुभएको हो ।
कोशी प्रदेशका नव निर्वाचित मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत प्राप्त गर्ने र अबको चार वर्ष कोशी प्रदेशमा गठबन्धनको सरकार रहने दाबी गर्नुभएको छ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको पुँजीगत बजेट करिब साढे ५८ प्रतिशत मात्र खर्च भएको छ। चालू आर्थिक वर्ष सकिनै लाग्दा शुक्रबार सम्ममा पुँजीगत तर्फको बजेटमा निक्कै कम खर्च भएको हो।
मानसिंह डोजोले १५औँ कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । डोजोले रेगन घले र सुचित्रा गुरुङलाई सम्मान गरेको हो ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–३ मरेकको सुन्तला बगान । सुन्तला पकेट क्षेत्र मरेक नगरपालिका क्षेत्र भित्रको पुरानो सुन्तला बगान मध्येको एक हो ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीको जस्तै हुने दाबी गर्नुभएको छ।
थाइल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने २५औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राम्रो काम गरे २०८४ को चुनावमा कांग्रेसले कुनै पनि दलसँग डराउनुपर्ने अवस्था सिर्जना नहुने बताउनुभएको छ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सङ्घीयताको सफल कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
कालिकोटको महाबै गाउँपालिका –६ स्थित चन्द्रादेवी माविमा १३ जना शिक्षक हुनुहुन्छ । तीमध्ये एकजना मात्र दरबन्दीको स्थायी शिक्षक हुनुहुन्छ । १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजीस्रोतका तीन जना र बालविकास केन्द्रका एक जना छन् ।
तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।