कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि मन्त्रालय गम्भीर रूपमा लागेको बताउनुभएको छ । पशुमा महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा अध्ययन गर्न टोली पठाइसकेको बताउँदै उहाँले रोग नियन्त्रणका लागि औषधी खरिद गर्नका लागि १० करोड रुपियाँ पनि छुट्याइसकेको जानकारीसमेत गराउनुभयो । हालै पुनर्गठन भएको राष्ट्रिय किसान सञ्जालले बुझाएको २२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि आफूले कुनै कसर बाँकी नराख्ने बरु किसान तथा सङ्घ संस्थाले पनि सहयोग गरे चाँडै नियन्त्रणमा आउने बताउनुभयो ।
अब सहकारी सङ्घ संस्थाले तीन महिनाका लागि कर्जाको पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । सहकारीका ऋणीलाई सहकारी विभागले तीन महिनासम्म कर्जा पुनर्तालिकीकरणको सुविधा उपलब्ध गराउने भएको हो । सहकारी संस्थाले भटाभट ऋणीको घरजग्गा लिलाम गर्न थालेपछि सहकारी विभागले सबै सहकारी संस्थालाई आवश्यक निर्देशन दिँदै तीन महिनाको पुनर्तालिकीकरण सुविधा दिन लागेको हो । यस्तो व्यवस्थासँगै अब ऋणीले तीन महिनाभित्रमा कर्जा नयाँ तरिकाले पुनर्तालिकीकरण गर्न पाउने छन् ।
जिल्लाको छायानाथ रारा नगरपालिका–३, फुली गाउँका विपन्न घरधुरीका महिलाको आयआर्जनमा सहयोग गर्न बाख्रा उपलब्ध गराइएको छ । जिल्लामा कार्यरत एक गैरसरकारी संस्था र सरकारी संस्थाको संयुक्त पहलमा अनुदान कायक्रम अन्तर्गत बाख्रापालनमा सहयोग गरेको हो । फुली गाउँका ३० घरधुरीका समाज सुधार महिला समूहमा आबद्ध महिलालाई बाख्रापालनमार्फत आत्मनिर्भर गराउने उद्देश्यले प्रतिघरधुरीलाई दुई वटा उन्नत बाख्रा १० वटा उन्नत बोका हस्तान्तरण गरिएको सहयोगी संस्था सहयोगी हातहरूको समूह (सहास नेपाल) ले जानकारी दिएको छ ।
एउटै टेलिसिरियल बाइस वर्षदेखि निरन्तर चलेको विरलै होला । नेपाल भाषाको हास्यव्यङ्ग शैलीको टेलिसिरियल ‘खोटा बजी’ ले २२ वर्षसम्म निरन्तरता दिएको छ । २२ वर्षमा यसको ९५० शृङ्खला प्रशारण भइसकेको छ । एक हजार शृङ्खला पु-याउने लक्ष्यका साथ निर्माण समूहले काम गरिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अफिसियल फेसबुक पेजमा अत्यधिक मनपराइएको र हेरिएको एउटा भिडियो देख्न सकिन्छ । त्यो भिडियो प्रधानमन्त्री दाहालको कुनै राजनीतिक गफ वा भाषणको होइन । बरु एक बालकले निडर र आत्मविश्वासी शैलीमा प्रधानमन्त्रीसँगको संवादको हो ।
नेपाली चलचित्र ‘गुराँस’ को चेक रिपब्लिकमा चलिरहेको ‘दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’ मा प्रिमियर भएको छ । चलचित्रले उपस्थित दर्शकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रका निर्देशक सौरभ राईले बताउनुभयो । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ,” उहाँले भन्नुभयो ।
तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवालालाई आग्रह गरेको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्न पर्दैन भनेर अफवाह फैलाउने र ऋण तिर्न नखोज्ने प्रवृत्ति बढेपछि नियामक निकाय राष्ट्र बैङ्कले कर्जा र ब्याज भुक्तानी गर्न आग्रह गरेको हो ।
नेपाल–जापान सम्बन्धलाई उच्च बनाउन जापानमा पढेर फर्केका नेपाली विद्यार्थीले निरन्तर भूमिका निर्वाह गरिरहेका छन्। १२० वर्षअघि आठ जना विद्यार्थी अध्ययनका लागि जापान पुगेपछि अघि बढेको यो सम्बन्ध अहिले बलियो औपचारिक कूटनीति र द्विपक्षीय सम्बन्धसाथ अघि बढिरहेको छ।
बाँके होलियाका नारायण कुर्मी दम्पतीले आफ्नी १९ वर्षीया छोरी रेश्मालाई बेपत्ता पारिएको जनाउँदै खोजी गरिदिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ । भैरवसिंह स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु-याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो ।
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।
सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ। सो राजमार्ग काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो मार्ग हो। ललितपुरको टिकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म कुल लम्बाइ ७९ किलोमिटर रहेको छ। जसमध्ये ७२ किलोमिटर कालोपत्रे भइसकेको छ भने दुई किलोमिटरको कालापत्रे हुँदै छ। अधिकांश भाग कालोपत्रे भइसके पनि केही ठाउँमा प्रायः वर्षभरि आइरहने पहिरोका कारण नियमित सञ्चालन हुन सकेको छैन।
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जुसको माग बढ्दै गएपछि निर्यातमा समेत वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमे बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताउनुभएको छ।