पूर्व-पश्चिम लोकमार्गको कञ्चनपुर-कमला सडक खण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुई दिने मुख्य न्यायाधिवक्ताहरुको चौथो राष्ट्रिय सम्मेलन नौ बुँदे जनकपुर घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउन सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
काठमाडौँ, असार २४ गते । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सार्नुभएको हो । टेलिफोन संवादमा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामनासमेत दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । रासस
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् बैठक सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आग्रह गर्नुभएको छ ।
पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष छ लाख बिरुवा रोप्ने लक्ष्य राखेका छन् ।
तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो ।
वालिङ नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिङ्गडामा नदी नियन्त्रणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिनुभयो ।