हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको छ।
खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई शनिबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताउनुभएको छ । संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने उहाँले बताउनुभयो ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।
सुत्केरी बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उहाँको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका –४ पोहवाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । दिनरात नभनी २४ घण्टा जनताको घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई घर–घरमा जान अझै सहज होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
मोर्चाको पहिलो बैठकले सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औंपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।
हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिका –४, ओखरबोटको चिउरीबोटस्थित छिपछिप खोलामा निर्माण भएको झोलुङ्गे पुलबाट आठसय भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
धान खेतीले सुन्दर हरियाली देखिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० स्थित शंखु फाँट ।
धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसान बद्री कार्कीलाई यो बेला आँप टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। उहाँले करिब ३० रोपनी क्षेत्रफलमा आँप खेती गर्नु भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।
त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको छ । साक्षर नेपाल अभियान अन्तर्गत जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका दोस्रो साक्षर नगरपालिका घोषणा भएको हो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको तीन वटै सुरक्षा संयन्त्रका प्रमुखले जिल्लामा सञ्चालनमा रहेका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ ।
कैलालीको टीकापुर पछिल्लो समय केराखेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड अपरान्ह ४ बजेदेखि अवरुद्ध भएको छ । अघिल्लो हप्ता तीन नम्वर पुलमा पहिरो खसे पनि अहिले कालिखोला स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।