गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पु¥याउने विषयमा छलफल भएको छ। मुख्यमन्त्री पाण्डेले निर्देशक घिसिङसँग शुक्रबार भएको भेटमा सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताउनुभयो। गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युतीकरण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पूर्ण विद्युतीकरणका लागि सरकार र प्राधिकरण मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
पूर्वी नवलपरासीमा विपत् व्यवस्थापन अभ्यास गरिएको छ। वर्षाका कारण हुन सक्ने विपत्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर शुक्रबार कृत्रिम अभ्यास गरिएको हो। प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मनसुन सक्रिय हुन थालेकाले जिल्लाभर बाढीपहिराको जोखिम हुने हुँदा सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि विपत् पूर्वको तयारी थालिएको बताउनुभयो। जिल्लाका आठवटै पालिकामा अति, मध्यम र सङ्कटासन्न गरी तीन तहमा वर्गीकरण गरी मनसुनपूर्व तयारी र प्रतिकार योजना बनाएको उहाँले बतानुभयो।
सर्वोच्च अदालतका प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पीडितलाई समयमै न्याय नदिनु न्याय मर्नुसरह भएको बताउनुभएको छ। घोराहीमा दाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधान न्यायाधीश कार्कीले कुनै पनि बहानामा पीडितलाई ढिला न्याय दिनु भनेको न्याय मर्नुसरह भएको बताउनुभएको हो।
नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजककी श्रीमतीमाथि प्रहरीले इलाजसम्बन्धी कसुरको मुद्दा चलाएको छ । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामसागर साहले जनकपुरबाट श्रीमती श्यामा साहलाई पञ्चेश्वर बोलाउनुभएको थियो । श्यामा साह गैरस्वास्थ्यकर्मी भए पनि पञ्चेश्वर गाउँपालिका–४, मा मेडिकल चलाएर बिरामीलाई सुई लगाएर औषधी दिँदै आएको अवस्थामा उहाँलाई प्रहरी
कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार पारेको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा काम गर्ने विभिन्न साझेदार निकायको सहयोगमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले यो कार्ययोजना तयार गरेको हो । सो कार्ययोजना शुक्रबार सार्वजनिक गरिएको छ ।
कर्णालीको फोक्सुन्डो ताल जाने हल्ला र सल्लाह निकै अगाडिदेखि चलेको थियो। कोको जाने, कहिले जाने, कसरी जाने ? यस्तै–यस्तै मेसोमा हिँड्ने दिन तय भयो। धेरै योजना बुन्न थाल्यो भने काम हुँदैन भन्दै आइहाल्नु भनेर सुर्खेतबाट श्रीमान् भीम ढकालले ह्विप जारी गर्नुभो। कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहनुभएका मेरा श्रीमान्ले गोरखापत्रका प्रधान
बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।
नेपालमा लोकतान्त्रिक राजनीतिक व्यवस्था स्थापना भएपछि राजनीतिक, प्रशासनिक, सामाजिक क्षेत्रका विसङ्गति क्रमशः हट्दै जान्छ, जनताले सुशासनको अनुभूति गर्न पाउँछ । देशको समग्र विकास हुन्छ भन्ने आशा गरिएको थियो । नेपालीको जीवनस्तरमा सुधार हुने छ र नेपाल पनि बिकसित राष्ट्रहरू जस्तै हुने छ भनी राजनीतिक नेताहरूले आश्वासन दिएका थिए । खासमा अपेक्षित उपलब्धि हासिल नभएको मात्र होइन, देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक समस्याले ग्रसित भएको लक्षण देखिएका छन् । यस्तो किन भयो भन्दा सामान्यतया आउने जवाफ हो – के गर्ने हाम्रो प्रणाली नै राम्रो छैन ।
विकसित प्राणी मनुष्य भएका हुनाले मनुष्यलाई अन्य प्राणीलाई भन्दा सुख दुःख हुने गर्दछ। दुःखलाई हल गर्न मनुष्य मिलेर बस्न थाल्यो। मिलेर बस्दा समाज बन्यो। समाजले परम्परा बनायो। परम्परा समाजको नैतिक कानुन बन्यो। परम्परालाई प्रकृतिले निर्देशन गर्दछ, प्रकृतिको वातावरण अनुसार चाडपर्व, लवाइ खवाइ झैँ रोग अनुसार उपचार हुन गएको हो। मानिस स्वार्थी प्राणी भएकाले स्वार्थले समाजमा अनियमितता नहोस् भनेर राज्यको आवश्यकता भएको हो। राज्य बनाउन राजनीति आवश्यक हुन्छ।
रामेछाप जिल्लाको सदरमुकाम हो, मन्थली नगरपालिका। १४ वटा वडा रहेको मन्थली नगरपालिकाले अहिले समृद्ध नगरपालिका बनाउने दीर्घकालीन योजनाका साथ काम गरिरहेको छ। समृद्ध मन्थली नगरपालिका बनाउन भएका कामबारे नेकपा (एमाले) बाट निर्वाचित मन्थली नगरपालिकाका प्रमुख लवकुमार श्रेष्ठसँग गोरखापत्रका नवराज श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नेपाल थामी समाज दोलखाले थामी समुदायको कर्मकाण्डसम्बन्धी पुस्तक ‘सिलोके पालाखे’ प्रकाशन गरेको छ।कर्मकाण्डको प्रतिनिधि सभा सदस्य गङ्गा कार्की ‘विश्व’, बागमती प्रदेश सभा सदस्यहरू कुन्दनराज काफ्ले, भरत केसी र ठूला थामीले बिगु गाउँपालिका–४, सिँगटीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा विमोचन गर्नुभयो।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह चुरे तथा भावर क्षेत्र चहार्दै हिँड्नुभएको छ। मङ्गलबार उहाँ चुरे क्षेत्र जलाद खोलाको सिरान भेटिनु भयो। त्यसअघि प्रमुख साह तीन पटक चुरे तथा नदी प्रणाली विज्ञ टोलीसहित धनुषा, महोत्तरी र सिराहा जिल्लाको चुरे तथा भावर क्षेत्रको अवलोकन गर्नुभएको थियो।
सिराहा र सप्तरीको सिमाना रहेको बलान नदीको सिराहातर्फ लहान नगरपालिका–२३, तिलेबोना र करैयाको बिचमा कटान तीव्र पारेपछि वरिपरिका स्थानीयवासी त्रसित भएका छन्। दस मिटर अझै पश्चिमतर्फ कटान भएमा उत्तरदक्षिण बग्ने बलान नदी पूर्वपश्चिम बग्ने अवस्था आउने र त्यसले ठुलो धनजनको क्षति हुने भएपछि स्थानीय बासिन्दा त्रसित भएका हुन्।