सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएपछि पाँचथर सदरमुकाम फिदिमको रात्रिकालीन मुहार फेरिएको छ। सदरमुकामको मुख्य सडकमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले सडक बत्ती जडान गरेको हो।
महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन् समस्यासित सङ्घर्ष गर्नुपरेको छ ।
आगामी साउन १ गतेदेखि तयारी मालवस्तु आयात तथा बिक्री वितरण गर्ने दुवैले मालवस्तुको प्याकिङमा लेबल अनिवार्य लगाउनुपर्ने भएको छ । आर्थिक ऐन, २०८० मा भएको व्यवस्था अनुरूप भन्सार विभागले त्यस्तो विवरण अनिवार्य गरेको हो । विभागका अनुसार साउन १ गतेपछि आयात हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना/वेबसाइट र आयात निर्यात (एक्जिम) कोड अनिवार्य उल्लेख भएको हुनुपर्ने छ ।
यस वर्षको मिस नेवाः नेपाल लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै सुरु भएको छ। नेप्लिज फेसन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीले राजधानीको इन्द्रचोकस्थित आकाशभैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय [कमल] को मृत्यु भएको छ ।
करिब एक सय वर्षअघि सामाजिक रूपान्तरणका लागि पहिलो आवाज बुलन्द गर्ने ‘योगमाया’ को स्मृतिमा सर्जकद्वयलाई पुरस्कार प्रदान गरिएको छ। नेपाल स्रष्टा समाजद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सर्जक चन्द्रबहादुर बस्नेतलाई योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र डा. अरुणा उप्रेतीलाई योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०८० प्र
सरकारले चालु आर्थिक वर्षमा ल्याएको स्टार्टअप उद्यम कर्जा कार्यक्रम कार्यान्वयनमा आउन सकेन । उद्योग विभागले स्टार्टअप उद्यम कर्जाका लागि चार सय सङ्ख्यामा आवेदन लिए पनि मूल्याङ्कनकै क्रममा रहेकाले कार्यान्वयनमा आउन नसकेको हो । कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी गर्ने बेलासम्म पनि स्टार्टअप कर्जा वितरण नहुँदा छुट्याएको बजेटसमेत खारेज हुने अवस्थामा रहेको छ ।
अनुसन्धानदाता शिव रेग्मीद्वारा सङ्कलन गरिएका मधुपर्क मासिक पत्रिकाको विभिन्न अङ्कको डिजिटलाइजेसनको प्रति मार्टिन चौतारीले गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको छ । रेग्मीकी छोरी शैलेजा रेग्मी भट्टराईले सङ्कलित प्रति मार्टिन चौतारीलाई हस्तान्तरण गर्नुभएको थियो र सोही प्रति मार्टिन चौतारीले शुव्रmबार गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलाई हस्तान्तरण गरेको छ ।
सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुव्रmबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गर्नुभयो। नेपाली सेनाले ४० लाख रुपियाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको थियो।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिकाले २१० औं भानु जन्मजयन्तीका अवसरमा असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । पालिकामा धुमधामसँग भानुजयन्ती मनाउन नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिएको उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो ।
मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो।