• १९ वैशाख २०८१, बुधबार

प्रतिनिधि सभाको बैठक सोमबारका लागि सर्‍यो

blog

फाइल तस्बिर

काठमाडौं, असार २४ गते। आइतबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सोमबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसकेपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको हो। 

महासचिव गौतमले प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक सोमबारका लागि निर्धारण गर्नुभएको सूचना मार्फत जानकारी गराउनुभएको हो।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न ३ बजेका लागि सार्नुभएको थियो । 

यसअघि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले बुधबारदेखि जारी प्रतिनिधि सभाको अवरोध हटाउने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डको पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने सहमति भएको थियो ।