• ५ असोज २०८१, शनिबार

सरकार संसदीय समितिप्रति जिम्मेवार देखिएनः योगेश भट्टराई

blog

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराई

काठमाडौं, असार २४ गते। नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समितिप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ। 

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समिति चलाउने सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताउनुभएको हो। उहाँले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद् बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गर्नुभयो। उहाँले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘संसद् चलाउने, समिति चलाउने सन्दर्भमा सत्ता पक्षको सरकार जिम्मेवार देखिँदैन। संसद् पनि राम्रोसँग चलिरहेको छैन। यो ६ महिनामा ४१ वटा बैठक भए यसको प्रभावकारी नतिजा छैन। संसदको बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढङ्गले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन। नियमित काम हो। समितिले दिएका निर्देशन नेपाल सरकार र सरकारका निकायले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनुपर्छ।’’

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशन सरकार र सरकारका निकायले बिना शर्त कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।