• २१ वैशाख २०८१, शुक्रबार

विमानमा कोलाहल मच्चाउने आन्द्रे

blog

कुस्तीको दुनियाँका बादशाह आन्द्रे द जाइन्टले एक पटक उडिरहेको विमानमा आफ्नो दिसा र अपानवायुले यात्रुलाई झन्डै मारेका। उनको दिसा र अपानवायुको गन्धले केही यात्रुलाई वाकवाकी लाग्ने र बान्ता आउलाजस्तो भयो केही चाहिँ मुर्छा पर्ने गरी हाँस्न थाले। विमानमा एकछिन त कोलाहल नै भयो।

वल्र्ड रेस्लिङ फेडरेसन च्याम्पियन आन्द्रे द जाइन्टलाई बोइङ–७४७ विमानमा सावर भएर टोकियोबाट अमेरिका जाने क्रममा पेटमा समस्या भएको थियो। रिङमा प्रतिद्वन्द्वीलाई चित् पारेका उनी १४ घण्टाको उडानमा अन्य यात्रुको समस्या बने।

आन्द्रेसँग कुस्तीमा होडबाजी गर्ने ब्रुटस बिफकेकले सो घटना बारे बोल्दै भनेका छन्, “मलाई सास लिनै गाह्रो भयो र अन्य यात्रु चिच्याउन, कराउन थाले।”

सात फिट तीन इन्च अग्ला आन्द्रेलाई विश्वको आठौँ आश्चर्य पनि भनिन्छ । ब्रुटसका अनुसार आन्द्रेले विमानमा सवार हुनुपहिले जहिले पनि शौचालय गएर पेट खलास गर्ने गरेका थिए तर यस पटक फ्लाइट ढिलो भएका कारण उनले हतारमा विमान चढ्नु प-यो।

ब्रुटस भन्छन्, “दिन राम्रोसँग बितोस् भनेर आन्द्रेले विमानस्थलका लागि प्रस्थान गर्नुपहिले र विमानमा चढ्नुपहिले जहिले पनि शौचालय जाने समय निकाल्थे।”

तर जब उडिरहेको विमानमा फ्रान्सका भीमकाय आन्द्रेको पेट ‘एक्सन’ मा आयो विमानको वातावरण नै परिवर्तन भयो, हल्लीखल्ली मच्चियो। आन्द्रेले शौचालयमा गएर निकालेको अपानवायुको आवाजलाई ब्रुटले ‘गैरमानव’ भनेका छन्। अपानवायुको असह्य गन्ध शौचालयबाट निस्केर ७६ मिटर लामो विमानमा फैलियो। ब्रुटस भन्छन्, “मैले यस किसिमको आवाज त कहिल्यै सुनेको थिइनँ। अगाडिबाट गन्ध आउन थाल्यो। विमानको पछाडि भागमा धेरै यात्रु थिए। यात्रु गन्ध सहन गर्न नसकेर सिटमै लडे, भुइँमा पछारिए।”

उनका अनुसार विमानमा कोलाहल मच्चियो। कसैलाई वाकवाकी लाग्ने र बान्ता हुने जस्तो भने केही रोइ कराइ गर्न थाले। पेट मिचिमिची हाँस्नेहरूको पनि कमी थिएन।

“मलाई त सास लिन गाह्रो भयो। पक्कै पनि उनले पेटमा बेग्लै खालको फोहोर भरेका थिए,” ब्रुट्स भन्छन्।

आन्द्रेले जहाँ रोकियो त्यहाँ कम्तीमा १० किलो खाना खान्थे। सन् १९४६ मा फ्रान्समा जन्मिएका आन्द्रे करिब साढे दुई सय किलो तौलका थिए। उनी ५८ नम्बरको जुत्ता लगाउँथे। सन् १९९३ मा हृदयाघातले उनको निधन भएको थियो। 


–युवामञ्च