फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत सिड्नीमा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो ।
वैदेशिक रोजगारीका लागि साइप्रस पठाउँछु भनेर दुई लाख रुपियाँ ठगी गर्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ का राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्रिएको ठुलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ। आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको हो।
मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणागरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै नेकपा (एमाले) ले मुख्यमन्त्री सरोज यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी र सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी रहने विषयमा सहमति भएको जानकारी दिनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ र स्वास्थ्य सेवाअन्तर्गत दुई जना कर्मचारीलाई एघारौँ तहमा बढुवा गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ ।
वन रक्षकसहित सम्पूर्ण कर्मचारी तलब माग गर्दै काठमाडौँमा आन्दोलन गर्न पुगेपछि सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा काठ तस्करी बढेको छ ।
संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
काठ तस्करहरूले ट्रयाक्टर, बयलगाडा र ट्रक जस्ता साधन छाडेर पछिल्लो समय काठ चोरी तस्करीमा साइकलको प्रयोग गर्न थालेको घटनाक्रमले देखाएका छन् ।
पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु तीव्र गतिमा फैलिँदै गएको छ । जेठ तेस्रो साता यता धरानमा डेङ्गु सङ्क्रमणबाट ८ जनाले ज्यान गमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा बढी छ
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काम पालिकाले हटाउने तयारी गरेको हो ।