नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार समापन भएको छ । भेलाले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ ।
किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाँदै हुनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ।
जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले ग्वार खोलामा जलाशय निर्माण प्रदेशकै प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
सांसद एवम् प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गर्नुभएको छ। सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभयो।
स्वीट्जरल्यान्ड र नर्वे फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराइमा पुगेर अनुसन्धान गर्न आग्रह गर्नुभएको छ । फाइल बीचैमा रोकिए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. ३२ को तालखोला अहिले उर्लिएको छ । खोला वारपार गर्न बनाइएको कल्भर्ट तीन वर्षअघि भत्किएपछि स्थानीय र विद्यार्थी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् ।
गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–७, बसेरीमा बागलुङको गल्कोट नगरपालिका वडा–२ का ४९ वर्षीय प्रेमलाल दर्जी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
पोखरा-३२ को लामेआहालका स्थानीयले फोहोर फाल्न रोकेपछि सडकमै फालिएको फोहोर आइतबार उठाइएको छ।
वर्डफ्लु भित्रिने आशङ्कामा भारतमा उत्पादित चल्ला, कुखुरा र अण्डाको आयातमा प्रतिबन्ध लगाइए पनि भारतबाट अवैध रूपमा ल्याउने क्रम रोकिएको छैन ।
उम्सो गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् ।
नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापस्थित महाविरमा आफ्नै घरमा आगो लगाउने एक युवा पक्राउ परेका छन् ।