इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धूमधामका साथ मनाइँदैछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा खोलामाथिको काठको फड्केबाट जोखिम मोलेर तोक्पेगोलातर्फ जाँदै आन्तरिक पर्यटक
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ ।
पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् ।
सुजन गुरुङललितपुर, साउन १४ गते । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्मग्रन्थ) को जीर्णाेद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ । हरेक ३-३ वर्षमा मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर सो कार्य सञ्चालन गर्ने गर्दछ । बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरु र भगवान् बुद्धसँग सम्बन्धित विभिन्न प्रसङ्गहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनुभयो । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णाेद्धार कार्य भइरहेको छ ।३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भन्ने गरिन्छ । खाना खाएपश्चात् लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३० बजेसम्म लेखन कार्य गरिन्छ । सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ ।
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।
महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
भोजपुर, साउन १४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर : युवराज विष्ट:रासस
शुक्रवार बेलुकादेखिको वर्षाले गर्दा आएको पहिरोका कारण बेनी जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङ क्षेत्रमा शनिवार परेको वर्षाले गर्दा घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबार देखि अवरुद्ध भएको छ ।
महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।