सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बाढी पहिरोका प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माणको कार्य तीव्र पारिएको छ । पहिरोको उच्च जोखिममा परेका बस्तीलाई एकीकृत बस्तीका रूपमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि अस्थायी टहरा निर्माण कार्यलाई तीव्र पारिएको हो ।
आदिवासी थारु समुदायका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, न्यायाधीश, कानुन व्यवसायी लगायतका नेतृत्व एकै मञ्चमा देखिएका छन् ।
कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो ।
शुक्रबार राति छ बजेबाट अविरल वर्षाको कारण गएको पहिरोबाट सर्केगार्ड गाउँपालिका–२ को रिपको ४० परिवार जोखिममा परेको छ । गाउँ माथिको भिरालो जमिनबाट चार स्थानमा आएको पहिरोको कारण सो गाउँ जोखिममा परेको हो ।
माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो ।
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तरक्रियामा उहाँले गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र सङ्घबाट आउने अनुदानसमेत घट्दा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको बताउनुभयो ।
दमौली, साउन १४ गते । तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन सभाहल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन् । जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलमा अपाङ्गता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपाङ्गताको क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “ सभाहलको कुनै पनि संरचना अपाङ्गतामैत्री छैन, ह्वीलचियर जान मिल्दैन । हरेक सरकारी भवन अपाङ्गतामैत्री बनाइने भनिन्छ तर व्यवहारमा कार्यान्वयन भएको छैन ।”सभाहलको प्रवेशद्वारमा अपाङ्गता प्रवेशका लागि र्याम्प नबनाइएको र शौचालय पनि अपाङ्गतामैत्री नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी बजेटबाट निर्मित संरचना नै अपाङ्गतामैत्री नहुनु दुःखद् हो । सरकारी भवन बनाउँदा पूर्ण अपाङ्गतामैत्री बनाउनुपर्छ ।”अपाङ्गताको अधिकारका लागि काम गर्ने रिसेड तनहुँका अध्यक्ष मदन पौडेल सभाहल सीमित व्यक्तिका लागि मात्रै बनेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “भवनको प्रवेशद्वार नै हाम्रा लागि काँडेतार लगाएको महसुस भयो, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा अपाङ्गतामैत्री नहुनु दुःखद् हो । भवनमा अपाङ्गता भएका व्यक्तिका लागि शौचालयसमेत छैन । मूल हलमा ह्वीलचियर प्रयोग गर्ने व्यक्तिका लागि दर्शकदीर्घामा बस्ने ठाउँ छैन ।”सरकारी भवन अपाङ्गतामैत्री बनाउनुपर्छ भन्ने सरकारको प्रष्ट निर्देशन रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको भवनलाई पूर्ण मानवमैत्री बनाउन समन्वय समितिले पहल गर्नुपर्छ । अर्कोतिर अपाङ्गता भएका व्यक्तिहरूले खोलेका संस्थाका पदाधिकारीहरू सङ्गठित भएर आवाज बुलन्द पार्नुपर्छ ।”व्यास नगर अपाङ्गता समन्वय समितिका सदस्य ह्वीलचियर प्रयोगकर्ता कृष्णा थापाले आफूजस्ता ह्वीलचियर प्रयोगकर्ताका लागि सभाहलको संरचनाले अवरोध पुग्ने बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । हाल भवनमा रङरोगनको काम भइरहेको छ । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना त्रासका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो । सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । सात सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउन्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउन्टेनसहितको विशिष्ट कक्ष ९भिआइपी० पार्किङस्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५ दशमलव पाँच चौडाइको हुनेछ । अपाङ्गतामैत्री बनाउन ज्ञापनपत्र मञ्चले सभाहललाई अपाङ्गमैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष सुवेदीले वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै साउन मसान्तसम्म सभाहललाई अपाङ्गतामैत्री बनाउन ध्यानाकर्षण गराउनुभएको हो ।उक्त समयभित्र माग सुनुवाइ नभए पहुँचयुक्तता आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ । मञ्चले सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखरा, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेश, जिल्ला प्रशासन कार्यालय तनहुँ र सामाजिक विकास कार्यालय तनहुँलाई ध्यानाकर्षण समेत गराएको छ । रासस
पोखरा–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभँेडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् ।
सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । तिनाउ–३, रामापिथेकस पार्क नजिकै सुरुङ मार्गको उत्तरतर्फको ढोकामा पहिरो खसेपछि राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ भुग्देउमा ‘एक घर, एक धारा’ खानेपानी उपलब्ध गराइएको छ । एक घर, एक धारा कार्यक्रम अन्तर्गत करिब पाँच सय घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराइएको हो ।