नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताउनुभएको छ।
प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराउनुभएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब २८ करोड ६३ लाख बराबरको मोबाइल आयात भएको थियो भने गत आर्थिक वर्ष २०७९÷८० मा यो परिणाम घटेर २६ अर्ब ६५ करोड ७५ लाख ७० हजार बराबरको आयात भएको छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शनिबार उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो।
काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध तथा प्रमुख महाविहार हो । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुनेगर्छ ।
कपिलवस्तुको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा ३ सय ५६ चेली तथा बालबालिकाको उद्धार गरेको छ । गैरकानुनी तरिकाले भारत र भारत हुँदै तेस्रोमुलुक जान लागेकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।
लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको सङ्ख्या तीन हजार छ सय नाघेको अनुमान गरिएको छ ।
जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ ।
काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता हुनुभएको छ।
लम्पी स्किन रोगको सङ्क्रमणबाट हालसम्म ताप्लेजुङमा दुईसय बढी पशुचौपाया मरेका छन्। केही महिना अघिदेखि जिल्लामा लम्पी स्किन रोग देखा परेको र यो रोगको सङ्क्रमणबाट गाई, गोरु, भैँसी लगायतका पशुचौपाया मरेका हुन्।