ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो पीडित तथा प्रभावित परिवारलाई करिब १६ लाख रुपियाँ राहत रकम वितरण गरिएको छ। सिदिङ्वा गाउँपालिका विपद् सहयोग अभियानमार्फत सङ्कलन गरिएको राहत रकम बाढीपहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो।
कैलालीमा गलफुलो (मम्प्स) समस्याले बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो।
शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ।
साउन ८ गते किराना सामान लिएर बेनी नगरपालिका–७ बेनीबाट अन्नपूर्ण गाउँपालिका–३ दानातर्फ गएको ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक कम्लेस परियार साउन १० गतेबाट सम्पर्कविहीन हुनुभएको छ ।
पाँच हजार बढी सदस्य सङ्ख्या रहेको बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा टेकनारायण भुसालले नेतृत्व गर्नुभएको लोकतान्त्रिक प्यानल विजयी भएको छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षण थालिएको हो ।
वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको ५१ हजार रकमसहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार सृजन लम्साललाई प्रदान गरिएको छ।
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ ।
थारु समुदायलाई संवैधानिक व्यवस्था र सङ्घीय प्रणालीको सिद्धान्तअनुसार जनसङ्ख्याको आधारमा राज्यको सबै संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित नगरिएको भन्दै थारु कानुन व्यवसायी तथा अगुवाहरूले गुनासो गरेका छन् ।
नवलपुरमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको छ । नवलपुर पर्यटन समितिको आयोजनामा शनिबार सदरमुकाम कावासोतीमा प्रभात फेरी, रक्तदान, वृक्षा रोपण लगायतका कार्यक्रम गरेर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइएको हो ।
प्रहरीले विभिन्न समयमा बरामद गरेका आठ हजार ८९६ थान हातहतियार बिहीबार नष्ट गरिँदै ।
ढाडको बाङ्गोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौँमा भेला भएका छन् । ढाडको बाङ्गोपनाको उपचार पद्धति, नवीनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरू काठमाडौँमा भेला भएका हुन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले साउन २४ (९ अगस्ट) मा २९ औँ विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने भएको छ । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइदैआएको यो दिवस यस वर्ष पनि नेफिनले विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
प्रा.डा. सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गर्नुभयो । उहाँले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गर्नुभएको छ ।
बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।