उत्साह र उमङ्ग बोकेर आउनेहरूलाई रोक्न नखोज ।
मेरो बास उनले उठाएर के भो उनको साथ मैले नपाएर के भो । सुनको दान मैले गरेँ धरहरामा । सुनकै मात्र औँठी नलाएर के भो ।
रामनाथ घर नजिकैको चौतारीमा वरपिपलको छहारीमुनि शीतल तापिरहेका थिए । उनी ढुङ्गाको पर्खालमा गोडा झुन्ड्याएर वरको बोटलाई ढाड पछाडि पारी बसेका थिए । धनबहादुर ओरालो झर्दै त्यही चौतारीमा एक्कासि टुप्लुक्क आइपुग्यो । उसले ख्वाक्क खोक्यो र लौरो भुइँमा राख्तै उनकै छेउमा बस्तै भन्यो, “सन्च छैन भन्थेउ त बाजे, आज पनि आएछौ त शीतल ताप्न ।” रामकृष्णले पुलुक्क धनबहादुरको अनुहारमा हेरे र भने, “आएँ त, नआएर कता जाम, समय काट्नु प-यो नि ! यहाँ भए तिमीहरू साथीभाइ भेटिन्छौ, गफगाफ गरेर समय काटिन्छ भनेर । के गर्नु धनबहादुर, घरमा कोसँग बोल्नु, बुढीको आफ्नै दुःख छ, उनका आफ्नै गुनासा छन्, मेरा आफ्नै दुःख छन् । यहाँ आयो भने बरु कोही न कोही कुरा सुनिदिने मानिस त भेटिन्छ भनेर अल्छी लागेपछि दिन काट्न यतै आउँछु ।”
नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा सत्यमोहन जोशी एक अदभुत प्रतिभा हुनुहुन्छ । उहाँको व्यक्तित्वको रसायनिकी अत्यन्तै अनौठो गरी निर्मित भएको पाइन्छ । एकातिरबाट हेर्दा उहाँको कद निकै उँचो देखिन्छ भने अर्कातिरबाट हेर्दा फराकिलो । उहाँको साधनाको धरातल भने निकै गहिरो देखिन्छ । सत्यमोहन जोशी लेखक, अनुसन्धाता र प्रशासक हुनुहुन्छ । उहाँ बहुमुखी प्रतिभा हुनुहुन्छ । उहाँले नेपाली वाङ्मयको क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको छ ।
शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ ।
एक सुन्दर र सफा सहर सिङ्गापुर, यहाँका आकाश छुने घरले सहरको प्रतिष्ठा र वैभव स्पष्ट देखाउँछ । सहर घुम्ने जो कोहीलाई भन्न कर लाग्छ, महान् छ सिङ्गापुर । क्षेत्रफलको हिसाबमा संसारकै सानो देशमध्येको पनि सानो देश तर सर्सती हेर्दा मात्रै पनि विशाल देशभन्दा पनि विशाल लाग्छ । यहाँको शान्त वातावरणले पर्यटकको मन जित्छ र धित मर्दैन एकचोटि मात्र घुम्दा सिङ्गापुर ।
हिन्दु धर्म–संस्कृतिमा साउन महिनामा शिवजीको पूजाआराधना गर्ने र व्रत बस्ने प्रचलन छ । त्यसमा पनि साउनको सोमबारलाई त विशेष दिनकै रूपमा लिने गरिएको छ । कसैले साउन महिनाभरि बोलबमका रूपमा त कसैले सोमबार मात्र व्रत बस्ने चलन चलेको पाइन्छ । त्यसो त शिवजीको प्रिय दिनका रूपमा सोमबारलाई लिइन्छ । यस दिन भगवान्लाई शुद्ध जल चढाएर विधिपूर्वक पूजा गरिन्छ । शिवजीको यस महिनाभरि पूजाअर्चना गर्दा पुण्य प्राप्त हुने तथा सौभाग्य र सुस्वास्थ्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहिआएको छ । शिवजीलाई पति प्राप्त गर्न पार्वतीले एक महिना निराहार व्रत बसेको प्रसङ्गले पनि नारीले
काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने/ हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग-यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दिइन्न ।” अन्तिममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन् । यसैको बिचमा पिसिन्छन् बाँकी मतदाता । यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन् र चुनिन्छन् पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन् यहाँका मान्छे । राजनीतिमा गरिखान निक्लिएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन् तर यहाँका बासिन्दा भने आफूलाई ठिक र आफ्नै भूगोलका मानिसलाई गलत देखाएर जोगिने परिपञ्च हो यो भन्छन् ।
कला इतिहासमा कलाकारहरूले स्थापित गरेका थुप्रै मान्यता छन्, जसको प्रचार अझै पनि जनमानससम्म पुग्न सकिरहेको छैन । यसलाई पु-याउने महत्वपूर्ण भूमिका कला समीक्षक वा लेखकको हुन्छ । कलाकारले त आफ्नो सुर, गति र क्षमताले कला सिर्जना गरिरहेका हुन्छन् तर त्यसलाई जनमानसमा पु¥याउने दायित्व लेखक वर्गको का“धमा हुन्छ । निष्पक्ष कला समीक्षाले सर्वसाधारणमा कलाचेतना जागृत गरा
आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेती गर्न सजिलो मात्र होइन बाली उत्पादनमा पनि दोब्बर वृद्धि भएको छ ।
नेपाल विद्युत् प्राधिकरण घोराही शाखाले विद्युत् लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ। उज्यालो घोराही कार्यक्रम अन्तर्गत यसअघि घोराहीको कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको मुख्य सडकमा सडक बत्ती जडान गरिएको थियो । सडक बत्तीका लागि एपेक्स नेपाल प्रालिसँग घोराही उपमहानगरपालिकाले सम्झौता गरेको थियो तर कम्पनीले विद्युत् महसुल नबुझाउँदा सडक बत्तीको लाइन प्राधिकरणले काटेपछि मुख्य सडक अन्धकार हुँदै आएको छ। तुलसीपुर चोकदेखि बिपी चोकसम्मको मुख्य सडकको बत्ती प्राधिकरणले काटेको हो। सडक बत्ती प्रयोग गरेबापतको रकम नतिर्दा विद्युत् लाइन काट्नु परेको प्राधिकरण घोराही शाखाले जनाएको छ।
हिमा गाउँपालिकाका तीन वटा गाउँका सबै घरधुरीमा खानेपानी धारा पु-याइएको छ। हिमा गाउँपालिका–४ बड्कीका १६१ घरधुरी, पाँच वटा कार्यालय गरी १६६ धारा, वडा नं. ५ बाजगाडमा १३६ घरधुरी र वडा नं. ६ को डाँडाबाडामा ७४ घरधुरीको प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बड्की गाउँका १६१ घरधुरीमा पनि खानेपानी पु-याइएको जानकारी दिनुभयो। उहाँले स्थानीय सरकारको सबै घरधुरीमा खानेपानी पु-याइने लक्ष्य अनुसार काम भइरहेको बताउनुभयो।
जिल्लाको नलगाड नगरपालिका–१ चीउरीमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ति सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।