हाल देशमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
चन्द्रनगर गाउँपालिकामा ३१ परिवार मुसहरलाई बाख्रा वितरण गरिएको छ। मुसहर समुदायको उत्थानमा क्रियाशील संस्था साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) ले अति विपन्न मुसहर परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा बाँडेको हो।
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि ऐन तयार भएको र चाँडै संसद्मा लगेर छलफल गराउने बताउनुभयो । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार आयोजित ‘एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भिक छलफल कार्यक्रम’ मा मन्त्री भुसालले सो कुरा बताउनुभएको हो । कृषि मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार गरिसकेको छ, त्यसमा सबै सरोकारवालासँग सुझाव लिएर चाँडै संसद्मा लैजाने बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय स्टार्टअप उद्यम नीतिको मस्यौदामा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । राष्ट्रिय स्टार्टअप उद्यम नीति २०७९ र लघु, घरेलु तथा साना उद्योग प्रवर्धन नीति २०८० को मस्यौदा तयार गर्न सरोकारवाला निकायसँग सुझाव पेस गरेको हो । मन्त्रालयले दुई वटा नीतिको मस्यौदामा ठोस रायसुझाव भए १५ दिनभित्र सुझाव पेस गर्न सरोकारवाला निकायसँग अनुरोध गरेको हो । गत आर्थिक वर्षमा स्टार्टअप उद्यम कर्जाका लागि बजेट विनियोजन गरे पनि स्पष्ट नीति नहुँदा कार्यान्वयनमा आउन सकेन ।
इलामको प्रवेशद्वारका रूपमा रहेको रोङ गाउँपालिका भएरै मेची राजमार्ग जान्छ। भारत र झापा जिल्लासँग सीमा जोडिएको यो गाउँपालिका भौगोलिक रूपमा निकै विकट छ। भौगोलिक विकटताका कारण नै रोङको विकास निर्माणमा पनि निक्कै कठिनाइ छ। १५५.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा लोपोन्मुख लाप्चा जातिको बसोबास रहेको छ। कृषिलाई मुख्य व्यवसायका रूपमा अँगालेका यहाँका किसानको जीवनस्तर भने धेरै माथि जान सकेको छैन। यिनै विषयवस्तुमा केन्द्रित भएर नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा विजयी मनिकुमार स्याङ्बोसँग गोरखापत्रका प्रेम अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन हुनुभएको छ । जिल्ला पार्टी कार्यालय दमौलीमा आइतबार सम्पन्न भएको विस्तारित बैठकले रिक्त रहेको पदमा श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
सप्तकोशी नदीको किनार क्षेत्रमा पर्ने सुनसरीको एउटा गाउँको रूपमा रहेको प्रकाशपुरको मङ्गलबारेका मदन चन्द्रवंशी प्रकाशपुरका लागि कुनै नौलो नाम हैन। साना बोली फुटेका केटाकेटीदेखि कपाल फुलेका बुढापाकाहरूले समेत मदनलाई चिन्छन्। उहाँले यो परिचय कुनै नौलो काम गरेर कमाउनुभएको हैन। मदनको परिचय चटपटे बनाउने सिपले बनाएको हो।
शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।
प्रधानन्यायाधीश सिफारिस तथा रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया निष्कर्षमा पु-याउन माग गर्दै नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर बार पदाधिकारी टोलीले ध्यानाकर्षण गराएको हो । प्रधानन्यायाधीश कार्कीले साउन १९ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । संवैधानिक व्यवस्था अनुसार तत्काल प्रधानन्यायाधीश सिफारिसको बारले आग्रह गरेको हो । साथै सर्वोच्चमा रिक्त न्यायाधीश सिफारिस र मातहतका अदालतमा नियुक्तिका लागि पनि बारले ध्यानाकर्षण गराएको छ ।
महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ। बजार क्षेत्रका घरजग्गा धनीलाई यसअघि नै मुआब्जा र क्षतिपूर्ति दिएको दाबी गर्ने सडक डिभिजन कार्यालयसँग घरजग्गा धनीलाई मुआब्जा र क्षतिपूर्ति दिएको निस्सा र अभिलेख नै छैन।
बागमती प्रदेश सरकारले झन्डै एक हजार छ सय अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले प्रदेशका लागि एक हजार ५९५ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तीन महिनाभित्र सम्पन्न नभए मध्य भोटेकोसी जलविद्युत् आयोजनाको १०२ मेगावाट विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणको अन्तिम चरणमा पुगेको सो जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन बाह्रबिसे सबस्टेसन बन्नैपर्ने भएको हो । मध्य भोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्य भोेटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।