भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उहाँ कार्यालय पुग्नुहुन्छ बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको विधान सम्मेलन आगामी मङ्सिरमा गर्ने विषयमा छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
सडक सञ्जालमा सुधार र ट्राफिक व्यवस्थापनमा प्रहरीको सक्रियताले रुपन्देहीमा दुर्घटनामा कमी आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतकसँग छलफल गर्नुभएको छ ।
कति सुन्दर सहर, जताततै फूलैफूलको मनमोहक दृश्य, सुन्दर, शान्त, विशाल भवनहरु । जताततै हरियाली सफा चट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन यी ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेले र वडा ७ सुरुम्खिमका बाढीपहिरो प्रभावित परिवारलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले राहत सामग्री वितरण गरेको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो १ बजे बोलाइएको छ ।
साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका छन् ।
११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी आउने भएका छन् ।
मेक्सिको सिटी सुरुमा सन् १३२५ मा एउटा तालमा बसाइएको थियो। यही भएर अचेल हामीले देखेको मेक्सिको सिटी हरेक प्रतिवर्ष करिब ३.२ फिटले भासिँदै गएको छ। युरोपेलीहरू आइपुग्नु पहिले एज्टेकहरूले कृत्रिम टापु बनाउने प्रयासमा लागो डी टेक्सकोको ताल पुरेका थिए। सन् १५२१ मा स्पेनीले त्यहाँ आएर आफ्नो बस्ती बसाउन सुरु गरे।
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।