भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी बम विस्फोट भएको छ।
निजी वायु सेवा कम्पनी बुद्ध एयरले सुर्खेतमा परीक्षण उडान गरेको छ । एटिआर ४२ मार्फत नियमित उडान गर्दै आएको बुद्धले बुधबार एटीआर ७२ विमानमार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि बागलुङमा कर्मचारी मतदानस्थलतर्फ जान सुरु गरेका छन्।
निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मस्थल भानु नगरपालिका-४ स्थित चुँदीरम्घा र यस आसपासको क्षेत्रलाई साहित्यिक धाम बनाइने बताउनुभएको छ।
झापाको कचनकवलमा बुधबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ । कचनकवल –१ घेरावारीमा दारा नभएको एउटा जङ्गली हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावल गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनु भएको छ। गृह जिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका-४ बोगटामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको बताउनुभएको हो।
प्रतिनिधिसभा चितवन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । बुधबार विहान भरतपुर महानगरपालिका –१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागी हुँदैगर्दा तीन वटा मोटरसाइकलमा आएका युवाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा ढुङ्गा प्रहार भएपछि अगाडिको शिशामा सामान्य क्षति भएको छ ।
कैलाली क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्यमा गठबन्धनका उम्मेदवार समाजवादीका अमरबहादुर साउदलाई यस पटक स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् । साउदलाई सहज जित निकाल्न गाह्रो हुने आङ्कलन गरिएको छ ।
सुनसरीका सुरक्षा अधिकारीद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी मतदान स्थलहरुको अनुगमन गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका स्थानीय तहमा रहेका मतदान केन्द्र तथा स्थलहरुकोे निरीक्षण तथा अनुगमन गरिएको हो ।
गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख कटान गरिएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् । मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा सुझाव सल्लाह र सङ्गठन विस्तारले उम्मेदवारहरूलाई प्रोत्साहन मिलेको हो ।
सवारी साधनको चाप धेरै भएका समयमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै दुई जना नगर प्रहरी खटाउन थालिएको हो ।