पर्वतको जलजला गाउँपालिका-३ माइनडाँडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताउनुभएको छ।
जापानका परराष्ट्र राज्य मन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल जाने हुनु भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ।
काठमाडौं, कात्तिक ३० गते । नेपाल आयोगले मंसिर ४ गते हुने चुनावका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको बताएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार आयोगले आवश्यकता अनुसार हवाई गस्तीसहित निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जानकारी दिनुभएको हो । आयोगले सार्वजनिक गरेको भिडियोमार्फत् आयुक्त पौड्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाउने आश्वासन दिनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ ।
प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ ।
पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो। यो नेपालका लागि अञ्जनको ११ औँ गोल हो।
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले खेलको ८३ औं मिनेटमा गोल गर्नुभएको छ।
संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु आइपुगेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा टोली बुधबार कपिलवस्तु पुगेको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया र कञ्चन गाउँपालिकाको प्रगति माध्यमिक विद्यालयमा आज नमुना मतदान सम्पन्न भएको छ ।
निर्वाचन माहौल तातिएका बेला गिरीघाटस्थित बाढी प्रभावितका छाप्रोमा भने चिसो सिरेटो चलेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू एकपछि अर्को यो शिविरमा पुगे पनि समस्या समाधानको आश्वासन मात्र दिएको पीडितको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र सङ्घीयताको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउनुभएको छ ।