राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजाँचलाई कडा गरिएको छ ।
यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मङ्सिर ७ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धन दलले वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ ।
कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा मुख्य दलबाट युवा नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रदेश सहसचिव ३६ वर्षका नन्दबहादुर साउँद उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय सुरु हुनुअघि आयोगले पत्रकार सम्मेलन गरेको हो।
कात्तिक महिना शुरु भए यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुुसार बितेको तीन महिनाको समग्र पर्यटक आगमन भन्दा कात्तिक महिनाको पर्यटक संख्या दोब्बर भन्दा बढी छ । पर्यटकबाट भएको राजश्व आम्दानी समेत दोब्बर भन्दा बढी छ ।
व्यासमा चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलङ्गामै गर्ने गरी तयारी गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकार निर्माणका लागि आफूहरुले जनतासँग मत मागेको बताउनुभएको छ । उहाँले मतदाताहरुलाई उत्साहका साथ मत हाल्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।
तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिएको छ । नौलो तरिका अपनाएर मतदातालाई आर्कषित गर्न सदरमुकाम दमौलीमा ‘एरिका’ नाम दिइएको रोबोटले भोट मागिरहेको छ ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा कर्मचारी मतदान स्थलतर्फ जान सुरु गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताउनु भएको छ ।
रसुवामा प्रहरीले झण्डै डेढ करोड रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी टिमुरेले भन्सार छली सीमा इलाकाको अस्थायी ड्राइपोर्ट रसुवामा राखिएको अवस्थामा सो सामान बरामद गरेको हो ।
झापाको दमकसहित आसपासको क्षेत्रमा सवारी जाँचलाई प्रहरीले कडाइ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधन जाँचलाई तीव्रता दिएको हो ।